‘महानायक राजेश हमालको बलिउडमा पनि चर्चा हुने गर्थ्यो’ « Khabarhub

‘महानायक राजेश हमालको बलिउडमा पनि चर्चा हुने गर्थ्यो’


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ गायक तथा संगीतकार शम्भुजित बास्कोटाले महानायक राजेश हमालको खुलेर तारिफ गरेका छन् । बास्कोटाले महानायक हमालको बलिउडका सिनियर कलाकारबीच पनि चर्चा हुने गरेको खुलासा गरे ।

‘नामै त नलिऊँ तर बलिउडमा पनि राजेश हमालको चर्चा हुने गर्थ्यो, चर्चित बलिउड कलाकार पनि उनको बारेमा सोध्थे, गायक तथा गायिकाले पनि नेपाली कलाकारमा हमाललाई चिनेका थिए ।’, बास्कोटाले सुनाए ।

साथै बास्कोटाले हमाल आफू राजेश हमालका रुपमा चिन्नुभन्दा पहिले आफूले ‘राजु’ का रुपमा चिनेको बताए । उनका अनुसार हमाल र बास्कोटा सानैदेखि साथी थिए । जसकारण बास्कोटाले हमाललाई राजेशको सट्टा ‘राजु’ भन्ने गर्थे । दुवैबीच नजिकको सम्बन्ध थियो । बीचमा केही समय भने यी दुई करिअरको सिलसिलामा छुट्टाछुट्टै भए ।

‘हामीबीच राजेश हमाल कलाकार हुनुअघि नै आत्मीयता थियो, सानोमा हामी निकै मिल्ने साथी थियौँ, बीचमा राजेश हमाल खै कता गयो,’ बास्कोटाले आफ्नो शुरुवाती करिअरको समय स्मरण गर्दै सुनाए- ‘त्यो समय मैले मैले संगीतको कार्यक्रम सञ्चालन गर्थेँ, हामीलाई म्युजिक भिडियोका लागि कलाकार चाहिएको थियो, मेरो आँखा झ्याप्प राजेश हमालको फोटोमा गयो ।’

संगीतकार बास्कोटाले आफूले त्यतिबेला राजेश हमाललाई गीतका लागि अफर गरेको तर पछि फिल्ममा नै राजेश हमाल फाइनल गरिएको बताए ।

हमाललाई त्यतिबेला निर्माता छविराज ओझा हमाललाई बलिउड अभिनेता मिथुन चक्रवर्ती भनेर झुक्किएका थिए । चर्चित अभिनेता डेनीले पनि हमाललाई रुचाएका थिए ।

‘त्यो बेला सुहाउने हिरो नै राजेश हमाल थियो, मेरो साथी स्टार थियो, हिरोजस्तो थियो ।’, बास्कोटाले हमालको तारिफ गरे ।

फिल्म रिलिजपछि ‘युगदेखि युगसम्म’मा राजेश हमालको अभिनय र नाच देखेर आफूलाई निकै खुशी लागेको बास्कोटाले सम्झिए । अहिले राजेश हमाल महानायक भएकोमा आफूलाई ‘गर्व’ लागेको बताउँदै उनले भने, ‘आज राजेश हमाल महानायक बनेको छ, हामी अरु देशको कलाकारको नाम किन लिने ?, महानायक राजेश हमालमा भर्सटालिटी छ ।’

राजेश हमालको क्रेज नेपालमा मात्र नभएर विदेशमा बस्ने नेपाली र अन्य भाषीसँग पनि छ । यसको तारिफ गर्दै बास्कोटाले महानायक हमाललाई भने, ‘नेपाली चलचित्रका लागि जीवन समर्पित गर्ने कलाकार हो- महानायक राजेश हमाल ।’

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ६ : ०४ बजे

डोजरले भत्कायो भरोसा, बाढीले डुबायो बास : होल्डिङ सेन्टर छोडेर कोठा खोज्दै सुकुम्वासी

काठमाडौँ – थापाथलीगायत बागमती र मनोहरा नदी किनारका १९ सुकुम्वासी

बिदा स्वीकृत नगरी २ महिनादेखि अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिइ लगातार

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

भक्तपुर– केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी

व्यावसायिक पशुपालन र तरकारीखेती गर्ने किसानलाई अनुदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ मा व्यावसायिक

दुर्लभ संयोग : १९ वर्षअघि मेसीले नुहाइदिएका यमल विश्वकप फाइनलमा मेसीसँगै भिड्दै !

काठमाडौँ – अर्जेन्टिना र स्पेनबिच हुन गइरहेको विश्वकप फुटबलको फाइनलअघि