राष्ट्रपति भण्डारी स्वदेश फिर्ता « Khabarhub

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राष्ट्र संघको ७३ औँ महासभामा भाग लिएर स्वदेश फिर्ता भएकी छिन्। संयुक्त राष्ट्र संघको कमिसन अन स्टिाटस अफ ओमनको ६३ औ अधिवेशन (ओमन इन पावर) विषयक उच्च स्तरीय कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीगणलगायतले स्वागत गरेका थिए । त्यसैअवसरमा नेपाली सेनाले राष्ट्रपति भण्डारीको सम्मानमा सलामी समेत अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारीले अमेरिका बसाईको क्रममा संयुक्त राष्ट्रसंघको ‘शक्तिमा महिला’ विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गरेकी थिइन् ।
अमेरिका भ्रमणकै क्रममा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टानियो गुटरेज, राष्ट्रसंघ महासभाकी सभापति मारिया फर्नान्डा तथा इष्टोनियाका समकक्षी केरष्टि कलजुलैड र क्रोयसियाका राष्ट्रपति कोलिन्डा ग्राबरसँग कुटनीतिक भेटवार्ता गरेकी थिइन् ।

उनी फागुन २६ गते आइतबार न्योयार्क प्रस्थान गरेकी थिइन् ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ६ : ३० बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल