राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका नायब सुब्बा घुससहित पक्राउ « Khabarhub

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका नायब सुब्बा घुससहित पक्राउ


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नियमानुसार गर्नुपर्ने काममा समेत आलटाल गरी सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका नायब सुब्बा सरोज रोकालाई आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्रा प्रदीपकुमार कोइरालाका अनुसार मेडिकल सेन्टर सेवा विस्तार गर्ने प्रयोजनका लागि निमायनुसार गर्नुपर्ने काममा बाहना बनाइ रु २२ हजार घुस माग्दै गरेको अवस्थामा नायब सुब्बा रोकालाई पक्राउ गरिएको हो ।

सेवाग्राहीको उजुरीका आधारमा नायब सुब्बा रोकालाई पक्राउ गरिएको र आरोपीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । यस्तै, आयोगले सरकारी राजश्व छल्न जग्गाको कम मूल्याङ्कन गरी भ्रष्टाचार गरेको अभियोगमा जिल्ला मालपोत कार्यालयका नायब सुब्बासहित सातविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मोरङको साविक सिजुवा–८ को जग्गा २०७४ माघ ३ गते बिक्री भएकोमा कम मूल्याङ्कन गरी राजश्व छली गरेको आयोगको ठहर छ ।

रु २९ लाख ९० हजारको मूल्याङ्कन मात्रै गरिएको र पूँजीगत लाभकरमा घोटाला गरेको पाइएको छ । उक्त जग्गाको मूल्याङ्कन रु ३३ लाख ३७ हजार ५०० हुनुपर्नेमा कम गरिएको पाइएको हो । आफ्नो क्षेत्राधिकार बाहिर गई बाटो भएको जग्गालाई बाटो नभएको भनी सिफारिस गर्ने, सम्बन्ध नै नभएको वडाको घरबाटो सिफारिस गरिएको आयोगको ठहर छ ।

आयोगले मालपोत कार्यालय मोरङका नायब सुब्बा प्रदीप घिमिरेलाई रु एक लाख ७८ हजार ५२५, बहिदार नन्दलाल राजवंशी रु तीन लाख १९ हजार ९२५, वडाध्यक्ष दानालाल राजवंशी रु एक लाख ७८ हजार ५२५, जग्गा बिक्रीकर्ता दुर्गाप्रसाद निरौला रु दुई लाख ४६ हजार ८७५ र जग्गा खरीदकर्ता हस्तराज ओखराज लिम्बू रु दुई लाख ३८ हजार ६७५ र सूर्यबहादुर श्रेष्ठले रु १२ हजार ९०० बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । उनीहरुलाई बिगोबमोजिमको कारवाही र कैदको माग गर्दै आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ६ : ५४ बजे

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द