राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका नायब सुब्बा घुससहित पक्राउ « Khabarhub

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका नायब सुब्बा घुससहित पक्राउ


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नियमानुसार गर्नुपर्ने काममा समेत आलटाल गरी सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका नायब सुब्बा सरोज रोकालाई आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्रा प्रदीपकुमार कोइरालाका अनुसार मेडिकल सेन्टर सेवा विस्तार गर्ने प्रयोजनका लागि निमायनुसार गर्नुपर्ने काममा बाहना बनाइ रु २२ हजार घुस माग्दै गरेको अवस्थामा नायब सुब्बा रोकालाई पक्राउ गरिएको हो ।

सेवाग्राहीको उजुरीका आधारमा नायब सुब्बा रोकालाई पक्राउ गरिएको र आरोपीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । यस्तै, आयोगले सरकारी राजश्व छल्न जग्गाको कम मूल्याङ्कन गरी भ्रष्टाचार गरेको अभियोगमा जिल्ला मालपोत कार्यालयका नायब सुब्बासहित सातविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मोरङको साविक सिजुवा–८ को जग्गा २०७४ माघ ३ गते बिक्री भएकोमा कम मूल्याङ्कन गरी राजश्व छली गरेको आयोगको ठहर छ ।

रु २९ लाख ९० हजारको मूल्याङ्कन मात्रै गरिएको र पूँजीगत लाभकरमा घोटाला गरेको पाइएको छ । उक्त जग्गाको मूल्याङ्कन रु ३३ लाख ३७ हजार ५०० हुनुपर्नेमा कम गरिएको पाइएको हो । आफ्नो क्षेत्राधिकार बाहिर गई बाटो भएको जग्गालाई बाटो नभएको भनी सिफारिस गर्ने, सम्बन्ध नै नभएको वडाको घरबाटो सिफारिस गरिएको आयोगको ठहर छ ।

आयोगले मालपोत कार्यालय मोरङका नायब सुब्बा प्रदीप घिमिरेलाई रु एक लाख ७८ हजार ५२५, बहिदार नन्दलाल राजवंशी रु तीन लाख १९ हजार ९२५, वडाध्यक्ष दानालाल राजवंशी रु एक लाख ७८ हजार ५२५, जग्गा बिक्रीकर्ता दुर्गाप्रसाद निरौला रु दुई लाख ४६ हजार ८७५ र जग्गा खरीदकर्ता हस्तराज ओखराज लिम्बू रु दुई लाख ३८ हजार ६७५ र सूर्यबहादुर श्रेष्ठले रु १२ हजार ९०० बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । उनीहरुलाई बिगोबमोजिमको कारवाही र कैदको माग गर्दै आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ६ : ५४ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप