जनकपुर पुगेर पूर्व राजा शाहले भने- ‘मधेश होइन तराई भनौं’ | Khabarhub Khabarhub

जनकपुर पुगेर पूर्व राजा शाहले भने- ‘मधेश होइन तराई भनौं’


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– तराईका जिल्लाको भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबार जनकपुरको जानकी मन्दिरमा पूजाआजा गरेका छन् । जनकपुर पुग्दा पूर्वराजा शाहलाई स्थानीयले स्वागत गरे ।

उनी सर्लाही हुँदै शुक्रबार जनकपुर पुगेका हुन् । विहीबार उनले सर्लाहीको दुर्गा मन्दिरमा पूजाआजा गरेका थिए । तराईका जिल्लाको भ्रमण तथा पूजाआजामा व्यस्त भए पनि उनले कुनै प्रतिक्रिया दिएका थिएनन् ।

तर, शुक्रबार भने उनले जानकी मन्दिरमा पूजाआजा गरेपछि मुलुकमा शान्ति र जनताको भलो चाहेको प्रतिक्रिया दिए । मधेश कस्तो लाग्छ भन्ने पत्रकारको प्रश्नमा पूर्वराजा शाहले भने- ‘मधेश होइन तराई भन्नुस् ।’

जनकपुरमा जानकी मन्दिरका पुजारीले शाहलाई चाँदीले बनेको जानकी मन्दिरको प्रतिमा प्रदान गरेका थिए । त्यस्तै पूर्वराजा शाहलाई राप्रपा नेपाल, राप्रपा संयुक्त, शिव सेना, राजपा लोकतान्त्रिकलगायतका कार्यकर्ता तथा समर्थकहरुले फूलमालासहित स्वागत गरेका थिए ।

उनी शनिबार उदयपुर पुगेर पुनः जनकपुर पुगी आइतबार काठमाडौं फर्किने कार्यक्रम रहको उनका निजी सचिव फणि पाठकले जानकारी दिए ।

जानकी मन्दिरमा पूर्वराजले गरे पूजाअर्चना (भिडियो)

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ७ : ०९ बजे

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी

५२ संवैधानिक पदाधिकारी नियुक्त विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं– संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो 

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन

प्रचण्डजी के बोल्दै हुनुहुन्छ ? तपाईँको बोलीमा कुण्ठा मात्र देखिन्छ : शङ्कर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल