विदेशी लगानीकर्ता भित्र्याउन भिसा र श्रम स्वीकृतिमा समस्या « Khabarhub

विदेशी लगानीकर्ता भित्र्याउन भिसा र श्रम स्वीकृतिमा समस्या


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिसा र श्रम स्वीकृति प्रक्रिया झन्झटिलो भएको हुँदा नेपालमा विदेशी लगानीकर्ताहरुको लगानी गर्ने वातावरण बन्न नसकेको एक अध्यनले देखाएको छ । विविध समस्याका बाबजुद पनि भिसा र श्रम स्वीकृति प्रक्रियामा धेरै समय लाग्ने भएकै कारण विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न अनिच्छुक भएको ‘आइएसएसआर’ले गरेको अध्ययनले देखाएको हो ।

शुक्रबार आइएसएसआरले नेपाल लगानी गर्न आउने विदेशी लगानी कर्ताहरुका लागि भिसा प्रक्रियामा देखिएका समस्याबारे कार्यपत्र प्रस्तुत गरेको थियो । पेभिलियन हल दरबारमार्गमा आयोजना गरिएको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले कार्यपत्रमा समेटिएका केही विषयहरुप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताउँदै विदेशी लगानीकर्ताहरुका लागि भिसा र श्रम स्वीकृतिका विषयमा आफूले सहजीकरणका लागि पहल गर्ने बताए ।

आइएसएसआरको कार्यवाहक अध्यक्ष डा गोविन्द नेपालले विदेशी लगानीकर्ताले भोगिरहेको समस्याप्रति सरकार गम्भीर भएर काम गर्नुपर्ने बताए । भिसा र श्रम स्वीकृति समस्याको समाधान गर्ने उनले सरकारलाई आग्रह गरे ।

आइएसएसआरको अध्ययनले लगानी गर्न नेपालमा आउने विदेशी लगानीकर्ता कम्पनीलाई भिसा पाउन १ देखि ३ महिना लाग्ने, श्रम ऐनमा विदेशी श्रमिकलाई कोटा निधारण गरेका कारण दक्ष कामदार ल्याउन नपाउने, भिसा प्रक्रियाका लागि धेरै वटा मन्त्रालय धाउनुपर्ने बाध्यता, भिसाको समयावधि कम (एक वर्ष) हुने, कामदारका हकमा एक वर्षका लागि मात्र श्रम स्वीकृति जारी गरिने लगायतका समस्या देखाएको छ ।

केही वर्षयता विदेशी लगानीकर्ता नेपालमा लगानी गर्ने इछुच्क भएको अध्ययनले देखाएको छ ।  जसका लागि सरकारले लगानीमैत्री वातावरण निर्माण गरिदिन सुझाव पनि दिइएको छ ।

सरकारले भीसामा सहजीकरण गर्नुपर्ने, विदेशी लगानी कम्पनीमा एउटा मात्र मन्त्रालयले अनुगमन गर्नुपर्ने, विदेशी कामदारका हकमा भिसाको समय बढाउनुपर्ने र विदेशी लगानीकर्ताका लागि अनलाइन प्रणालीको विकास गर्नुपर्ने अध्ययनमा सुझाव दिइएको छ ।

नेपालमा लगानीका लागि आउने विदेशी कम्पनीले समयमा भिसा नपाउदाँ वैदेशिक रोजगारीका लागि आउने श्रमिकमा ठूलो असर परिरहेको अध्ययनमा जनाइएको छ । भिसा प्रक्रिया झन्झटिलो हुदाँ विदेशी कामदार नेपाल आउन रुची नदेखाउने गरेको अध्ययनमा देखाइएको छ । अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ), डिएफआइडीको सहयोगमा आइएसएसआरले उक्त विषयमा अध्ययन गरेको हो ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  १० : १० बजे

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको

काबुलस्थित एक अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी