केन्द्रले पठाएका कर्मचारी स्थानीय तहले फिर्ता गरे « Khabarhub

केन्द्रले पठाएका कर्मचारी स्थानीय तहले फिर्ता गरे


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संघीय सरकारले समायोजन गरी पठाएका कर्मचारीलाई केही स्थानीय तहले फिर्ता पठाएका छन् । आफूसँग साविकमा कार्यरत कर्मचारी पर्याप्त भएको भन्दै संघीय सरकारले पठाएका कर्मचारी फिर्ता गरेको नागरिक दैनिकमा खबर छ । कर्मचारी फिर्ता गराउने स्थानीय तहमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका छन् ।

स्थानीय मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले मन्त्रालयले समायोजन गरी पठाएका ३० जना कर्मचारी स्थानीय तहले फिर्ता पठाएको जानकारी आएको बताए ।

प्रहरीलाई पालबाट भवनमा सार्न दुई अर्ब माग शीर्षकको समाचारमा भूकम्पपछि टेकुस्थित नेसनल ट्रेडिङको भवन र खाली चौरमा पाल टाँगेर कार्यालय सञ्चालन गर्दै आएका दुई प्रहरी निकायलाई व्यवस्थापन गर्न नेपाल प्रहरीले बजेट दिन अर्थ मन्त्रालयले आनाकानी गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखालाई नयाँ भवन निर्माण गरी त्यहाँबाट सार्न प्रहरी प्रधान कार्यालयले जग्गा खरिद गर्न अर्थसँग २ अर्ब मागेको छ । तर अर्थले आनाकानी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै पत्रिकाले लुक्लामा जहाज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको, सत्य निरुपण तथा मेलमिलाप आयोग दोषारोपणमै चार वर्ष बितेको, सट्टाभर्ना भइसकेको जग्गा भूमाफिया र व्यक्तिको कब्जामालगायतका समाचारलाई प्राथमिकतामा छापेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ६ : ३६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै