‘ए मेरो हजुर ३’ हिट नभएको भए के गर्थिन् सुहाना ? « Khabarhub

‘ए मेरो हजुर ३’ हिट नभएको भए के गर्थिन् सुहाना ?


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक तथा नायिका झरना थापाकी छोरी सुहाना थापा लाइमलाइटमा छिन् यतिबेला । उनी अभिनित फिल्म ‘ए मेरो हजुर ३’ सिनेमा घरमा रिलिज भइरहेको छ । व्यापारका हिसाबले यो फिल्मलाई सफल सिनेमा भनिएको छ । अर्कातिर फिल्ममा सुहानाले गरेको कामको पनि तारिफ भइरहेको छ ।

पहिलो फिल्मबाटै राम्रै फ्यान फलोइङ कमाएकी सुहानालाई दर्शकले अभिनय नरुचाएको भए के गर्थिन् ? खबरहबसँगको कुराकानीमा सुहानाले यदि आफूलाई दर्शकले कलाकारका रुपमा नस्वीकारेको भए पनि फिल्म क्षेत्रमै रहेर काम गर्ने बताइन् ।

‘मलाई यदि दर्शकले अभिनयमा स्वीकार गर्नुभएन भने पनि प्रोडक्सन हाउसमै रहेर काम गर्ने सोच थियो, तर पहिलो फिल्मबाट राम्रो रेस्पोन्स आएको छ,’ सुहानाले भनिन् ।

सुहाना थापा

साथै उनले आफूले आमा झरना थापाबाट सबैसँग मीठो बोल्ने कला र बुबा सुनीलकुमार थापाबाट व्यवसाय गर्ने कला सिकेको बताइन् । ‘हाम्रो प्रोडक्सनमा ड्याडीलाई धेरैले ठग्न सक्दैनन्, यही कारणले पनि कतिले त हाम्रोमा काम नै छोडेर गएका छन्, मैले ड्याडीबाट बिजनेस कसरी गर्ने भन्ने सिकेँ,’ उनले थपिन् । पहिलोपटक शूटिङमा जाँदाखेरि नै आफू यही क्षेत्रका लागि जन्मेको महसुस भएको सुहानाले सुनाइन् ।

फिल्म ‘ए मेरो हजुर ३’ मा सुहानाले आर्याको भूमिका निभाएकी छिन् । फिल्ममा उनलाई अनमोल केसीको अपोजिटमा देख्न सकिन्छ । फिल्ममा लगानी सुनीलकुमार थापाको छ भने निर्देशन झरना थापाको रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १० : ३५ बजे

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले

प्रहरी ‘अप्रेसन : १८९ जना पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा