हैदरावादलाई पराजित गरेको दिल्ली शीर्ष दोस्रो स्थानमा उक्लियो « Khabarhub

हैदरावादलाई पराजित गरेको दिल्ली शीर्ष दोस्रो स्थानमा उक्लियो


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) का ८ खेलमा ५ खेल जित्दै दिल्ली क्यापिटल्स शीर्ष दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति सनराइजर्स हैदरावादलाई ३९ रनले पराजित गर्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो ।

टस जितेर पहिलो ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । दिल्लीले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको हैदरावाद १८.५ ओभरमा सबै विकेट गुमाएर १ सय १६ मा समेटियो । हैदरावादविरुद्ध दिल्लीका बलर कागिसो रबाडाले उत्कृष्ट बलिङ गरे । उनले हैदरावादका महत्वपूर्ण ४ विकेट लिए ।

हैदरावादका लागि ओपनिङ ब्याट्सम्यान डेभिड वार्नर र जोन व्रिस्टोले राम्रो ब्याटिङ गरेपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा पराजित भयो । वार्नरले ५१ रन बनाए भने व्रिस्टोले ४१ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न सकेनन् ।

हैदरावादविरुद्ध दिल्लीका कागिसो रबाडा र किम पाउल र क्रिस मोरिसले राम्रो बलिङ गरे । रबाडाले ४ ओभर बलिङ गर्दै २२ रन खर्चेर ४ विकेट लिए भने मोरिस र पाउलले समान तीन—तीन विकेट लिएका थिए ।

यसअघि पहिलो ब्याटिङ गरेको दिल्लीका लागि कप्तान श्रयस अयरले ४५ रन बनाए भने कोलिन मुन्रोले ४० रन बनाएका थिए ।
दिल्लीविरुद्ध हैदरावादका खलिल अहमदले ३ विकेट लिए । यस्तै, भुवनेश्वर कुमारले २ विकेट लिँदा अभिषेक शर्मा र राशिद खानले समान एक—एक विकेट लिएका थिए ।

जीतसँगै दिल्ली १० अंकसहित अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा ७ खेलमा जीत हात पारेको चेन्नईको १४ अंक छ । पराजित हैदरावाद छैठौं स्थानमा पुगेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ९ : १८ बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब