नयाँ वर्षमा २ लाख युवाले रोजगारी पाउलान् ? | Khabarhub Khabarhub

नयाँ वर्षमा २ लाख युवाले रोजगारी पाउलान् ?


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले आन्तरिक श्रम बजार र रोजगारीका लागि २०७५मा विगतका वर्षभन्दा केही राम्रा कामको सुरुवात गरेको छ । यो वर्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक श्रम बजारमा रोजगारीका अवसर निर्माण गर्ने, बेरोजगारी अन्त्य गर्ने सामाजिक सुरक्षा कोषदेखि निर्वाह भत्ता र प्रधानमन्त्री रोजगार कार्यक्रमजस्ता महत्वाकांक्षी योजना सार्वजनिक गर्‍यो । मन्त्रालयले यसै वर्ष श्रम नियमावली, श्रम ऐन जस्ता श्रमिकका लागि आवश्यक कानुन पनि निर्माण गरेको छ ।

पछिल्लो समय सरकारले सामाजिक सुरक्षा कोष कार्यक्रमलाई सरकारै मुख्य योजना र काम गरेको बताउदै आएको छ । जति सक्दो आन्तरिक श्रम बजारमा रोजगारी अवसर निर्माण गरेर बाध्याताकारी वैदेशिक रोजगारी रोक्न सरकारको मुख्य उद्देश्य रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले बताउँदै आएका छन् ।

पछिल्लो समय श्रम मन्त्रालयले वैदेशिक रोजगारीभन्दा आन्तरिक श्रम बजारमै युवालाई रोजगारीका अवसर निर्माण जोड दिइरहेको उनको भनाई छ । यसका लागि आवश्यक ऐन कानुन निर्माण गर्ने काम भइसकेको छ । सरकारको पछिल्लो उद्देश्य भनेको युवालाई उद्यमी तथा व्यवसायी बनाएर रोजगारी निर्माण गर्ने हो, जुन काममा केही प्रगति गरेको पाउन सकिन्छ ।

विगतमा नेपालको श्रम बजार कस्तो थियो भन्ने भन्दा पनि भोलि कस्तो सुरक्षा अपनाउने भन्नेतिर ध्यान केन्द्रित गरेर काम गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले बताए । उनले भने, ‘सरकारले चालु आर्थिक वर्षदेखि आन्तरिक श्रम बजार विस्तारका लागि बजेट भाषणमै सम्वोधन गर्ने थालनी गरेको छ । जसका कारण अगामी दिनमा आन्तरिक श्रम बजार व्यवस्थापन हुन्छ । देशभित्र युवालाई रोजगारीको अवसर सिर्जना गर्ने सरकारनै लागि परेको छ ।’

वर्षमा २ लाख युवाले पाउलान रोजगारी

श्रम मन्त्रालयले वार्षिक ३ युवालाई रोजगारीका अवसर निर्माण गर्नेपर्ने दायित्व थपिएको छ । सरकारले आगामी ५ वर्षभित्र बाध्यताकारी वैदेशिक रोजगारी रोक्ने लक्ष्य लिएको छ। जसका कारण वार्षिक २ लाख युवालाई आन्तरिक श्रम बजारमा भित्र्याउनुपर्ने देखिन्छ । हाल वार्षिक ५ लाख युवा रोजगारीका खोजीमा श्रम बजारमा प्रवेश गर्ने गरेको राष्ट्रिय योजना आयोगको एक अध्ययनले देखाएको छ । श्रम बजारमा प्रवेश गरेका मध्ये १ लाख युवाले मात्र आन्तरिक श्रम बजारमा रोजगारी पाउदै आएको आयोगको प्रतिवेदनमा उल्लेख छ। त्यो भन्दा बाहेकका युवा भारत, खाडीका देश, मलेसिया र युरोप जाने गरेका छन् ।

देशभित्र वार्षिक २ लाख युवाका लागि रोजगारीको अवसर निर्माण गर्ने दायित्व आफ्ना काँधमा आएको मन्त्री विष्टले जिम्मेवारी बोध त गरेका छन् तर कति सफल हुने हुन्छ हेर्न भने बाँकी छ । सरकारलाई बाध्यताकारी वैदेशिक रोजगारी रोक्न वार्षीर्क दुई लाख युवाका लागि रोजगारी अवसर निर्माण गर्ने पर्ने देखिन्छ ।

कार्यन्वयनमा चुनौती

विगतका तुलनामा वर्तमान सरकारले श्रम तथा रोजगारी क्षेत्रमा केही उपलब्धि हासिल गरेको देखिन्छ। तर यो क्षेत्रका समस्या निराकरण भए भन्ने अवस्था छैन । यो थोरै समयको दौरानमा हुने कुरा पनि होइन । तर उपलब्धि सँगै चुनौतीका चाङ पनि उतिकै छन् । श्रम मन्त्रालयले यो वर्ष ल्याएका विषेश योजना कार्यान्वयन गर्नेपनि धेरै चुनौती छ । सरकारको लोकप्रिय कार्यक्रम सामाजिक सुरक्षा कोषमा पनि श्रमिक र रोजगारदाता कम्पनीका उत्साहजनक सहभागि हुने गरेको छैन ।

निर्वाह भत्ता, प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता रोजगार सञ्चालनमा आउनुभन्दा अघि हल्ला भएजस्तो कार्यान्वन गर्ने मन्त्रालयलाई चुनौती छ । रोजगार पोर्टल सञ्चालनमा आएपनि श्रम बजारसँग प्रत्यक्ष रुपमा जोडिन सकेको छैन । आन्तरिक रोजगारी सिर्जना गर्न धेरै काम गर्न बाँकी छ ।

के के भयो आन्तरिक श्रम बजारमा

श्रम नियमवाली जारी
प्रधानमन्त्री रोजगार कार्याक्रम सञ्चालन
सामाजिक सुरक्षा कोष कार्यक्रम सञ्चालन
श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपँयौ बृद्धि
देशमा श्रम कार्यालय स्थापना (छ । झापा, विराटनगर, जनकपुर, विरगञ्ज, काठमाडौं, हेटौंडा, नेपालगन्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी)
आउटसोसिङ कम्पनीलाई धरौटीको दायरा (श्रम नियमावलीको नियम २० मा धरौटी वा बैंक ग्यारेन्टी १० लाख र प्रति क्षेत्र २ लाख रुपैयाँ राख्नुपर्ने)
रोजगार पोर्टल सञ्चालन
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमी बन्न १० लाखसम्म सहुलियत कर्जा

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १० : ०४ बजे

‘नो प्लाष्टिक जोन’ कार्यान्वयन गर्ने कांग्रेसको घोषणा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका सबै तहका कार्यालयहरूलाई प्लाष्टिकरहित क्षेत्र (नो

सरकारी कर्मचारीले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने नियम ल्याउँदै मन्त्री पौडेल

काठमाडौं– सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्य तथा जनसङ्ख्या

सशस्त्रका दुई गोताखोर सप्तकोसीमा डुबेको घटनाबारे बुझ्न हलचोक पुगे गृहमन्त्री लेखक

काठमाडौं- गृहमन्त्री रमेश लेखकले सप्तकोसीमा सशस्त्र प्रहरी बल नेपालका दुई

नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे गगन- अब त्यो अदालतको विषय भइसक्यो

विराटनगर- सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार