मकवानपुरमा दुर्घटना, ३ को मृत्यु « Khabarhub

मकवानपुरमा दुर्घटना, ३ को मृत्यु


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुरमा आइतबार राति भएको छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मुत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अर्न्तगत मनहरी गाउपालिका ७ मा पोखराबाट विरगंजतर्फ जाँदै गरेको ग १ ख ७६२६ नम्बरको बसले पैदलयात्री एक बृद्धलाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै, पुर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी गाउँपालिकाको खरङ्गामा मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज ४८६७ नम्बरको सुमो र को ३४ प ५४९७ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक मोरङका ३१ वर्षीय रविन्द्रकुमार पोदारको घटनास्थलमै मृत्यु छ । सुमोमा सवार ११ जना र मोटरसाइकलमा सवार १ जना गरी १२ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको हेटौँडास्थित चुरेहिल अस्पताल र ३ जनाको चितवन भरतपुरमा उपचार भईरहेको छ ।

त्यस्तै कान्तिलोकपथ अर्न्तगत मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा रोकिराखेको ना८ख ४३२६ नम्बरको टिपरसँग ना३२प १८४९ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक गढीगाउँपालिका धरमपानीका वर्ष ३५ को गोविन्द बोम्जनको मुत्यु भएको छ । उनको उपचारका क्रममा चितवनमा मृत्यु भएको हो । तीन वटै दुर्घटनाका ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ९ : ५१ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको