मकवानपुरमा दुर्घटना, ३ को मृत्यु « Khabarhub

मकवानपुरमा दुर्घटना, ३ को मृत्यु


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुरमा आइतबार राति भएको छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मुत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अर्न्तगत मनहरी गाउपालिका ७ मा पोखराबाट विरगंजतर्फ जाँदै गरेको ग १ ख ७६२६ नम्बरको बसले पैदलयात्री एक बृद्धलाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै, पुर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी गाउँपालिकाको खरङ्गामा मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज ४८६७ नम्बरको सुमो र को ३४ प ५४९७ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक मोरङका ३१ वर्षीय रविन्द्रकुमार पोदारको घटनास्थलमै मृत्यु छ । सुमोमा सवार ११ जना र मोटरसाइकलमा सवार १ जना गरी १२ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको हेटौँडास्थित चुरेहिल अस्पताल र ३ जनाको चितवन भरतपुरमा उपचार भईरहेको छ ।

त्यस्तै कान्तिलोकपथ अर्न्तगत मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा रोकिराखेको ना८ख ४३२६ नम्बरको टिपरसँग ना३२प १८४९ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक गढीगाउँपालिका धरमपानीका वर्ष ३५ को गोविन्द बोम्जनको मुत्यु भएको छ । उनको उपचारका क्रममा चितवनमा मृत्यु भएको हो । तीन वटै दुर्घटनाका ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ९ : ५१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन