नेकपा महासचिव पौडेलद्वारा सीयान दक्षिण एसिया अध्ययन केन्द्रको उद्घाटन | Khabarhub Khabarhub

नेकपा महासचिव पौडेलद्वारा सीयान दक्षिण एसिया अध्ययन केन्द्रको उद्घाटन


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– चीन भ्रमणमा रहेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले चीनको सान्सी प्रान्तमा रहेको सीयान विश्व विद्यालयमा सीयान साउथ एसिया स्टडिज् सेन्टर (दक्षिण एसिया अध्ययन केन्द्र)को उद्घाटन गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रित पौडेलले सोमबार सीयान दक्षिण एसिया अध्ययन केन्द्रको उद्घाटन गरेका हुन् ।

महासचिव पौडेल शनिबार चीन प्रस्थान गरेका थिए ।

चीन भ्रमणका क्रममा पौडेलले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

महासचिव पौडेलको साथमा नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहाल समेत छन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १० : ३२ बजे

‘यो सरकार केपी ओलीको भन्दा पनि खराब देखियो’

गत भदौ २३ र २४ गते जेन-जी पुस्ताका युवाहरूको नेतृत्वमा

पोखरामा प्लाष्टिकका फूलमालाको बिक्री वितरण कम हुँदै

कास्की- पोखरा महानगरपालिकामा प्लाष्टिकका फूल–गुच्छा बिक्री वितरण कम हुँदै गएको

प्रधानमन्त्री र दलका नेताबीच संवाद लम्बियो, चुनाव हुनेमा शंका व्यक्त गरेको एमालेले विरोध भने गरेन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूबीच बालुवाटारमा जारी छलफल लम्बिएको