अर्को ‘धमाकेदार’ फिल्मको तयारीमा ‘अन्धाधुन’ निर्देशक « Khabarhub

अर्को ‘धमाकेदार’ फिल्मको तयारीमा ‘अन्धाधुन’ निर्देशक


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सन् २०१८ मा रिलिज भएको श्रीराम राघवन निर्देशित फिल्म ‘अन्धाधुन’ मा आयुष्मान खुरानाले मुख्य भूमिका निभाएका थिए । फिल्म बक्स अफिसमा सुपरहिट भयो । समीक्षात्मक रुपमा पनि राम्रो प्रतिक्रिया आयो । यो फिल्मले चीनमा पनि कमालको व्यापार गर्‍यो । चीनमा फिल्मले एक हप्तामा १ सय ५० करोड कमाइ गर्‍यो ।

‘अन्धाधुन’ मा आयुष्मानका अलावा, तब्बु र राधिका आप्टेले काम गरेका थिए । फिल्ममा आयुष्मान एक दृष्टिविहीन पियानिस्टको भूमिकामा देखिन्छन् ।

यतिबेला खबर आएको छ कि, फिल्मका निर्देशकले फेरि अर्को थ्रीलर फिल्म बनाउँदैछन् । जुन फिल्मलाई रमेश तौरानीले निर्माण गर्ने पक्का भइसकेको छ ।

‘अन्धाधुन’ को रिलिज सकिएपछि यो फिल्मको काम थालिने बताइएको छ । राघवनलाई शानदार निर्देशकका रुपमा बलिउडमा चिन्ने गरिएको छ । उनले यो प्रोजेक्टका लागि लिएर चासो देखाएका छन् ।

निर्माताले यतिबेला फिल्मको स्किृप्टमा काम भइरहेको र छिट्टै एक्टर कास्ट लिने बताएका छन् । फिल्मलाई अन्य फिल्मझैँ रुचिपूर्ण बनाउने योजनामा निर्देशक रहेको बताइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ३ : ३० बजे

हिउँले सेताम्मे मनाङका मतदान केन्द्र

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति छोटिँदै

छैठौँ विकेट गएपछि इटालीविरुद्ध संकटमा नेपालको ब्याटिङ

काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीविरुद्ध नेपालको ब्याटरहरु

दार्चुलाको नागूमा खाद्यान्न ढुवानी सुरु, मूल्यलाई लिएर स्थानीय असन्तुष्ट

दार्चुला– सडक सञ्जालले नजोडिएको दार्चुलाको नौगाड गाउँपालिका–१ को नागूक्षेत्रमा सरकारले

इटालीविरुद्ध दबाबमा नेपालको ब्याटिङ

काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीविरुद्ध नेपालको ब्याटरहरु

महाधिवेशनमा गुट चलाएकी पूर्वराष्ट्रपति विद्या निर्वाचनमा मौन

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादवी भण्डारी चुनावको मुखमा