जाँचबुझ आयोगको प्रतिवेदनमा अपराध र देशद्रोहलाई पुरै विषयान्तर गरियो : भीमार्जुन आचार्य « Khabarhub

जाँचबुझ आयोगको प्रतिवेदनमा अपराध र देशद्रोहलाई पुरै विषयान्तर गरियो : भीमार्जुन आचार्य


१२ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संविधानविद् डा. भीमार्जुन आचार्यले भदौ २३ र २४ गतेका घटनाबारे सार्वजनिक गरिएको जाँचबुझ आयोगको प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आचार्यले गाईको निबन्ध लेख्न भनिएकोमा गधाको निबन्ध बुझाएको उदाहरण दिँदै आयोगले मूल घटनाको गम्भीरता नै बेवास्ता गरेको आरोप लगाएका छन् ।

उनका अनुसार भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा भएका संवेदनशील अपराध र सम्भावित देशद्रोह जस्ता विषयलाई प्रतिवेदनले पर्याप्त रूपमा समेट्न सकेको छैन। ‘त्यो केही पनि होइन, खास केही भएकै थिएन भन्ने जस्तो बनाइएको छ,’ उनले टिप्पणी गरेका छन्।

आचार्यले उक्त घटनाका योजनाकार तथा संलग्न पक्षहरूको चाहना अनुरूप नै प्रतिवेदन तयार गरिएको आशंका समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ९ : ०० बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म