अर्को ‘धमाकेदार’ फिल्मको तयारीमा ‘अन्धाधुन’ निर्देशक « Khabarhub

अर्को ‘धमाकेदार’ फिल्मको तयारीमा ‘अन्धाधुन’ निर्देशक


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सन् २०१८ मा रिलिज भएको श्रीराम राघवन निर्देशित फिल्म ‘अन्धाधुन’ मा आयुष्मान खुरानाले मुख्य भूमिका निभाएका थिए । फिल्म बक्स अफिसमा सुपरहिट भयो । समीक्षात्मक रुपमा पनि राम्रो प्रतिक्रिया आयो । यो फिल्मले चीनमा पनि कमालको व्यापार गर्‍यो । चीनमा फिल्मले एक हप्तामा १ सय ५० करोड कमाइ गर्‍यो ।

‘अन्धाधुन’ मा आयुष्मानका अलावा, तब्बु र राधिका आप्टेले काम गरेका थिए । फिल्ममा आयुष्मान एक दृष्टिविहीन पियानिस्टको भूमिकामा देखिन्छन् ।

यतिबेला खबर आएको छ कि, फिल्मका निर्देशकले फेरि अर्को थ्रीलर फिल्म बनाउँदैछन् । जुन फिल्मलाई रमेश तौरानीले निर्माण गर्ने पक्का भइसकेको छ ।

‘अन्धाधुन’ को रिलिज सकिएपछि यो फिल्मको काम थालिने बताइएको छ । राघवनलाई शानदार निर्देशकका रुपमा बलिउडमा चिन्ने गरिएको छ । उनले यो प्रोजेक्टका लागि लिएर चासो देखाएका छन् ।

निर्माताले यतिबेला फिल्मको स्किृप्टमा काम भइरहेको र छिट्टै एक्टर कास्ट लिने बताएका छन् । फिल्मलाई अन्य फिल्मझैँ रुचिपूर्ण बनाउने योजनामा निर्देशक रहेको बताइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ३ : ३० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको