नेपालबाट सुन तस्करी गर्ने १ जना भारतमा पक्राउ | Khabarhub Khabarhub

नेपालबाट सुन तस्करी गर्ने १ जना भारतमा पक्राउ


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको एक किलोग्राम सुनसहित एक व्यक्तिलाई सीमावर्ती भारतीय प्रहरीले पक्राउ गरेको छ ।

भारतीय सीमा सुरक्षा बलले आइतबार रुपन्देहीकाे सीमावर्ती क्षेत्र डण्डा हेडको बाटो हुँदै भारततर्फ जाँदै गरेको लु४२प ७६१९ नंको स्कुटी जाँच गर्ने क्रममा उक्त स्कुटीमा लुकाई राखेको सो सुन बरामद गरिएको एसएसबीका निरीक्षक विकास रायले बताए ।

सुनसहित भारतीय प्रहरीले उक्त स्कुटीका चालक भैरहवा निवासी धनवत अग्रवाललाई पनि पक्राउ गरी थप कारवाहीका लागि नौतनवास्थित भारतीय भन्सार कार्यालय पठाएको छ ।

उक्त घटनाबारे सीमावर्ती नेपाली सुरक्षा निकाय भने अनभिज्ञ छ । सीमावर्ती जिल्ला रुपन्देहीका प्रहरी नायब उपरीक्षक धर्म भण्डारीले सुन बरामद र नेपाली पक्राउको विषयमा अहिलेसम्म आफूहरुलाई कुनै जानकारी नभएको बताए ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  २ : ५२ बजे

असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका बिहान ४ बजे नै खोलिने

काठमाडौं–  मन्दिर पशुपतिनाथका चारवटै ढोका आउँदो असार १ गतेदेखि बिहान ४

कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न

कालापत्थर– विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे

दक्षिण कोरिया र युएईबीच व्यापार सम्झौतामा हस्ताक्षर

काठमाडौं– दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (युएई) ले बुधबार

देउवा निवासमा प्रतिपक्षीको बैठक : मेटमणिसहित माधव नेपाल पनि सहभागी भए

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी

नयाँ बजेट कार्यान्वयनसँगै आर्थिक सुधारले गति लिनेछ : प्रधानमन्त्री

सिन्धुपाल्चोक– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक