नेपालबाट सुन तस्करी गर्ने १ जना भारतमा पक्राउ « Khabarhub

नेपालबाट सुन तस्करी गर्ने १ जना भारतमा पक्राउ


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको एक किलोग्राम सुनसहित एक व्यक्तिलाई सीमावर्ती भारतीय प्रहरीले पक्राउ गरेको छ ।

भारतीय सीमा सुरक्षा बलले आइतबार रुपन्देहीकाे सीमावर्ती क्षेत्र डण्डा हेडको बाटो हुँदै भारततर्फ जाँदै गरेको लु४२प ७६१९ नंको स्कुटी जाँच गर्ने क्रममा उक्त स्कुटीमा लुकाई राखेको सो सुन बरामद गरिएको एसएसबीका निरीक्षक विकास रायले बताए ।

सुनसहित भारतीय प्रहरीले उक्त स्कुटीका चालक भैरहवा निवासी धनवत अग्रवाललाई पनि पक्राउ गरी थप कारवाहीका लागि नौतनवास्थित भारतीय भन्सार कार्यालय पठाएको छ ।

उक्त घटनाबारे सीमावर्ती नेपाली सुरक्षा निकाय भने अनभिज्ञ छ । सीमावर्ती जिल्ला रुपन्देहीका प्रहरी नायब उपरीक्षक धर्म भण्डारीले सुन बरामद र नेपाली पक्राउको विषयमा अहिलेसम्म आफूहरुलाई कुनै जानकारी नभएको बताए ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  २ : ५२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र