इस्लामिक स्टेटका वरिष्ठ कमाण्डरसहित ५ लडाकु मारिए « Khabarhub

इस्लामिक स्टेटका वरिष्ठ कमाण्डरसहित ५ लडाकु मारिए


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बगदाद– सुरक्षा बलको कारवाहीमा इराकमा आतंककारी समूह इस्लामिक स्टेटका एक वरिष्ठ कमाण्डरसहित ५ लडाकु मारिएका छन् ।

उत्तरपूर्वी इराकको हमरिन पहाडी क्षेत्रमा सेनाले गरेको कारवाहीमा उनीहरुको मृत्यु भएको हो । मारिने कमाण्डरको पहिचान भने खुलाइएको छैन ।

मुलुकको दियाला प्रान्तमा प्रतिआतंवादी विशेष फौजले गरेको कारवाहीमा उनीहरुको मृत्यु भएको जनाइएको छ । दियाला प्रान्तको राजधानी बकुबा नजिक गरिएको कारवाहीमा इस्लामिक स्टेटका वरिष्ठ कमाण्डर र उनका ४ ‘अनुयायी’ को ज्यान गएको बताइएको छ ।

पछिल्ला केही दिनमा त्यस क्षेत्रमा इराकी सेना तथा अमेरिकी सेनाका लडाकु विमानबाट भारीस्तरमा हवाई आक्रमण हुँदै आएको थियो ।

हाल इराकमा इस्लामिक स्टेटको नियन्त्रणमा कुनै पनि भूभाग नरहेपनि इस्लामिक स्टेटका लडाकुहरु मुलुकको विभिन्न स्थानमा लुकेर छापामार शैलीमा आक्रमण गर्दै आएको बताइन्छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ३ : १३ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।