लिबियामा सैनिक हेलिकोप्टर दुर्घटना | Khabarhub Khabarhub

लिबियामा सैनिक हेलिकोप्टर दुर्घटना


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिपोली– राजधानी त्रिपोली नियन्त्रणमा लिने लक्ष्यका साथ सैनिक अभियानमा रहेको लिबियाली सेनाको हेलिकोप्टर दुर्घटनामा परेको छ ।

लिबियाली सेनाको हेलिकोप्टर दक्षिणी त्रिपोलीमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाबारे विस्तृत विवरण भने खुलाइएको छैन । यद्यपि लिबियाली सेनाको उक्त लडाकु हेलिकोप्टर अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारप्रति वफादार सेनाविरुद्धको कारवाहीको क्रममा रहेको बताइएको छ ।

पछिल्ला केही दिनयता लिबियाली सेनाले अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको नियन्त्रणमा रहेको राजधानी त्रिपोलीलाई आफ्नो नियन्त्रणमा लिन तीब्र हवाई आक्रमण गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ३ : २० बजे

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस