नयाँ युनिट स्थापना गर्न साधन, स्रोत र जनशक्तिको अभाव : महानिरीक्षक खनाल « Khabarhub

नयाँ युनिट स्थापना गर्न साधन, स्रोत र जनशक्तिको अभाव : महानिरीक्षक खनाल


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बल (एपीएफ)ले स्रोत, साधन र जनशक्तिको अभावमा माग अनुसारको नयाँ युनिट स्थापना गर्न नसकेको जनाएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आफ्नो एक वर्षे कार्यकालको कामको विवरण सार्वजनिक गर्दै स्रोत, साधन र जनशक्तिको अभावमा माग अनुसारको नयाँ युनिट स्थापना गर्न नसकिएको जानकारी दिएका हुन् ।

सोमबार काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको कार्य प्रगति विवरणमा सशस्त्र प्रहरी बलको नयाँ युनिट स्थापनाका लागि १ सय ६९ वटा स्थानमा माग भएपनि साधन, स्रोत र जनशक्तिको अभावमा स्थापना गर्न नसकिएको उल्लेख गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले ठूला जलविद्युत आयोजनालगायत राष्ट्रिय गौरवका आयोजनाहरुमा सशस्त्र प्रहरी बलको माग भइरहेको तर जनशक्तिको अभावमा सो माग पूरा गर्ने अवस्था नरहेकोे पनि स्पष्ट पारे ।

एपीएफले कर्मचारीको अभाव पूर्तिका लागि ३ हजार ४ सय १ जना कर्मचारी भर्ना छनौट प्रक्रिया पनि शुरु गरिएको जानकारी दिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक खनालले कर्मचारीहरुको अभाव पूर्ति गर्दै लैजाने योजना अन्तरगत विभिन्न पदका लागि कर्मचारी भर्ना प्रक्रिया शुरु गरिएको पनि जानकारी दिए ।

उनले कर्मचारी भर्ना प्रक्रियालाई थप व्यवस्थित बनाउने काम पनि आफ्नो एक वर्षे कार्यकालमा भएको दावी गरे । त्यसैगरी, सूचनामा सबैको पहुँच पुर्‍याउने उद्देश्यका साथ नयाँ मोबाइल एप्स पनि सोमबारबाटै सञ्चालनमा ल्याइएको छ ।

मातहतका कर्मचारी र सशष्त्र प्रहरी बलबारे सर्वसाधारणलाई जानकारी लिन सहजहोस् भन्ने उद्देश्यका साथ सो एप्स संचालनमा ल्याइएको पनि सशष्त्र प्रहरी महानिरीक्षक खनालले बताए ।

महानिरीक्षक खनालले चालू आर्थिक वर्ष भित्र सो एप्स सशष्त्र प्रहरी बलको सबै युनिटमा सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले सशस्त्र प्रहरी बललाई थप मजदुत बनाउन आवश्यक प्रविधि भित्र्याउन पहल गर्ने जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ३ : ४१ बजे

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६