विश्वकप २०१९ खेल्ने भारतीय क्रिकेट टोली घोषणा | Khabarhub Khabarhub

विश्वकप २०१९ खेल्ने भारतीय क्रिकेट टोली घोषणा


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप २०१९ खेल्ने भारतीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । सोमबार भारतीय क्रिकेट बोर्डले कप्तान विराट कोहलीको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीको कप्तानी कोहलीले पाउँदा उपकप्तानको जिम्मेवारी रोहित शर्मालाई दिइएको छ । मे ३० देखि इङ्ग्ल्यान्ड र वाल्समा संयुक्तरुपमा आयोजना हुने विश्वकपमा भारतीय टोली बलियो टोलीका रुपमा रहेको छ ।

भारतीय टोलीमा कप्तान कोहलीसँगै रोहित शर्मा, शिखर धवन, केएल राहुल, विजय शंकर, महेन्द्रसिंह धोनी र केदार ज्यादव छन् ।
यस्तै, दिनेश कार्तिक, युज्भेन्द्र चाहाल, कुलदिप यादव, भुवनेश्वर कुमार, जस्प्रीत बुम्राह छन् भने, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र मोहम्मद शामी पनि टोलीमा रहेका छन् ।

अहिलेसम्म विश्वकप खेल्ने १२ देशमध्ये तीन देशले आफ्नो टिमको घोषणा गरिसकेका छन् । यसअघि न्यूजिल्यान्ड र आज बिहानमात्रै अस्ट्रेलियाले आफ्नो टोलीको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ४ : २५ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि