अमेरिकामा टोर्नेडोबाट ५ जनाको मृत्यु « Khabarhub

अमेरिकामा टोर्नेडोबाट ५ जनाको मृत्यु


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


टेक्सास– गत साताको अन्त्यतिर अमेरिकाको दक्षिणी क्षेत्रमा टोर्नेडोबाट ५ जनाको ज्यान गएको छ ।

अघिल्लो शनिबार सबेरैबाट आइतबार अबेरसम्म दक्षिणी राज्य टेक्सासदेखि अलाबामासम्मको क्षेत्रमा १७ वटा टोर्नेडो आएको अमेरिकी अधिकारीले जनाएका छन् ।
टोर्नेडोबाट अरु दर्जनौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टोर्नेडोबाट मारिनेमा ३ जना बालकालिका छन् ।

टोर्नेडोबाट टेक्सास राज्यको पोलोक शहरमा २ बालबालिकाको ज्यान गएको अधिकारीले जनाएका छन् । त्यस्तै लुइजियाना राज्यको मोनरो शहरमा अर्का १ बालकको ज्यान गएको बताइएको छ । लुइजियाना राज्यकै काल्होन शहरमा पनि अर्का १ व्यक्तिको शव फेला परेको छ भने मिसिसिपी राज्यमा पनि अर्का १ जना मारिएको बताइएको छ ।

त्यसबाहेक फ्लोरिडा, पेन्सलभेनिया, वेष्ट भर्जिनिया, नर्थ क्यारोलाइना, मेरिल्याण्ड, ओहायो, न्यूयोर्क लगायतका राज्यमा पनि सोमबार ठूलो सङ्ख्यामा टोर्नेडो आउनसक्ने चेतावी जारी गरिएको छ ।

मौसम र तापक्रममा परिवर्तन आउने सम्भावना रहेकाले त्यस क्षेत्रमा अरु धेरै टोर्नोडो आउनसक्ने चेतावनी जारी गरिएको छ ।

टोर्नेडोसँगै १ सय १० किलोमिटर प्रतिघण्टाको गतिमा हुरी चल्नसक्ने र असिनापानीका साथ हिमपात पनि हुनसक्ने पूर्वानुमान छ । टोर्नेडोलगत्तै भारी वर्षा र हिमपात हुनसक्ने भन्दै सबै मानिसलाई सुरक्षित रहन आह्वान गरिएको छ ।

मौसममा गडबडी र टोर्नेडो आउनसक्ने चेतावनीका माझ अमेरिकाको पूर्वी भेगमा २३ सय भन्दा धेरै हवाई उडान रद्द गरिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ५ : १६ बजे

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

जेनेभा – मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका–इरानबीचको

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

काठमाडाैं – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६