नयाँ वर्षलाई शेयर बजारको ग्रीन सिग्नल, ४.७ अंकले बढ्यो नेप्से « Khabarhub

नयाँ वर्षलाई शेयर बजारको ग्रीन सिग्नल, ४.७ अंकले बढ्यो नेप्से


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्षको पहिलो दिन सोमबार धितोपत्र बजार ४.७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.७ अंकले बढेर १८८.७१ विन्दुमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सन्सेटिभ परिसूचक १.१३ अंकले बढेर २५४.७७ विन्दुमा पुगेको छ । सोमबार कूल १६५ कम्पनीको ९ लाख ६४ हजार ५९८ कित्ता शेयर रु ३० करोड ४५ लाख ७६ हजार ७८२ मूल्यमा खरीद बिक्री भएको छ ।

कारोबार भएका कूल १० उपसमूहमध्ये  चार उपसमूहको शेयर घटेको छ भने छ उपसमूहको शेयर  बढेको छ । जलविद्युत् ५.३२, वित्त २.०१, अन्य ५.२८ र जीवन बीमा ११.२५ विन्दुले घटेको छ । यस्तै बैंकिङ ५.८९, होटल २२.४९, विकास बैंक ४.१३, निर्जीवन बीमा ६.९५, उत्पादन १०.३५, लघुवित्त ४२.४४ विन्दुले बढेको छ ।

सोमबार नेको इस्योरेन्स कम्पनीको कारोवार आज सबैभन्दा बढी भएको छ । सो कम्पनीको २ करोड ७५ लाख ५० हजार २०१, कुमारी बैंक १ करोड ९७ लाख ३८ हजार १८०, एनआइसी एशिया बैंक १ करोड ८३ लाख ४८ हजार ४६८, एभरेष्ट इन्स्योरेन्स कम्पनी १ करोड ६८ लाख ८५ हजार ९७७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

सोमबार इभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ७.५६ प्रतिशत आम्दानी गरेका छन् । साना किसान विकास बैंकका ६.४५, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका ६.२४, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका ६.०४, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.९३ प्रतिशतले कमाएका छन् ।

यस्तै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले ६.८९, नाडेप लघुवित्त वित्तीय संस्था ४.४४, विजय लघुवित्त वित्तीय संस्था ४.२१, खानीखोला हाइड्रोपावर कम्पनीका शेयरधनीले ३.८४ गुमाएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ५ : ४७ बजे

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई

रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्वकप्तान

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट