करोडौं रकम ठगी गरेको आरोप लागेका सुधिर बस्नेत साधारण तारेखमा रिहा « Khabarhub

करोडौं रकम ठगी गरेको आरोप लागेका सुधिर बस्नेत साधारण तारेखमा रिहा


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सहकारी बचतकर्ताको करोडौं रकम ठगी गरेको आरोपमा पक्राउ परेका विवादित व्यवसायी सुधिर बस्नेत साधारण तारेखमा रिहा भएका छन् ।

बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले बस्नेतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । बस्नेतलाई गैरकानूनी थुनामा राखिएको भन्दै बस्नेतका कानून व्यवसायीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश डम्बरबहादुर शाहीको इजलाशले बस्नेतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

बस्नेत गत चैत २० गते काठमाडौंको भीमसेनगोलाबाट पक्राउ परेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंले बस्नेतमाथि बैंकिङ कसुर तथा ठगी मुद्दामा अनुसन्धान अगाडि बढाएको थियो ।
यसअघि घरजग्गा व्यवसाय र सहकारीमार्फत १० अर्ब बराबर ठगी गरेको अभियोगमा बस्नेत चलान भएका थिए । काठमाडौं, भक्तपुर र स्याङ्जा जिल्ला अदालतको आदेशानुसार जेल चलान भएका बस्नेत अदालतले तोकेको धरौटी बुझाएर गत वर्ष जेठमा रिहा भएका थिए ।

बस्नेतविरुद्ध ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले १६ चैत २०७२ मा २ वर्ष कैद र ५ करोड १९ लाख ९७ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अर्को ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले नै ३० असार २०७३ मा बस्नेतविरुद्ध ४ लाख ९४ हजार जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो ।

बस्नेतविरुद्ध भक्तपुर जिल्ला अदालतले पनि ७ मंसिर २०७२ मा २ वर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ७ : ४७ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा