करोडौं रकम ठगी गरेको आरोप लागेका सुधिर बस्नेत साधारण तारेखमा रिहा « Khabarhub

करोडौं रकम ठगी गरेको आरोप लागेका सुधिर बस्नेत साधारण तारेखमा रिहा


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सहकारी बचतकर्ताको करोडौं रकम ठगी गरेको आरोपमा पक्राउ परेका विवादित व्यवसायी सुधिर बस्नेत साधारण तारेखमा रिहा भएका छन् ।

बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले बस्नेतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । बस्नेतलाई गैरकानूनी थुनामा राखिएको भन्दै बस्नेतका कानून व्यवसायीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश डम्बरबहादुर शाहीको इजलाशले बस्नेतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

बस्नेत गत चैत २० गते काठमाडौंको भीमसेनगोलाबाट पक्राउ परेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंले बस्नेतमाथि बैंकिङ कसुर तथा ठगी मुद्दामा अनुसन्धान अगाडि बढाएको थियो ।
यसअघि घरजग्गा व्यवसाय र सहकारीमार्फत १० अर्ब बराबर ठगी गरेको अभियोगमा बस्नेत चलान भएका थिए । काठमाडौं, भक्तपुर र स्याङ्जा जिल्ला अदालतको आदेशानुसार जेल चलान भएका बस्नेत अदालतले तोकेको धरौटी बुझाएर गत वर्ष जेठमा रिहा भएका थिए ।

बस्नेतविरुद्ध ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले १६ चैत २०७२ मा २ वर्ष कैद र ५ करोड १९ लाख ९७ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अर्को ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले नै ३० असार २०७३ मा बस्नेतविरुद्ध ४ लाख ९४ हजार जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो ।

बस्नेतविरुद्ध भक्तपुर जिल्ला अदालतले पनि ७ मंसिर २०७२ मा २ वर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ७ : ४७ बजे

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ