करोडौं रकम ठगी गरेको आरोप लागेका सुधिर बस्नेत साधारण तारेखमा रिहा « Khabarhub

करोडौं रकम ठगी गरेको आरोप लागेका सुधिर बस्नेत साधारण तारेखमा रिहा


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सहकारी बचतकर्ताको करोडौं रकम ठगी गरेको आरोपमा पक्राउ परेका विवादित व्यवसायी सुधिर बस्नेत साधारण तारेखमा रिहा भएका छन् ।

बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले बस्नेतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । बस्नेतलाई गैरकानूनी थुनामा राखिएको भन्दै बस्नेतका कानून व्यवसायीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश डम्बरबहादुर शाहीको इजलाशले बस्नेतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

बस्नेत गत चैत २० गते काठमाडौंको भीमसेनगोलाबाट पक्राउ परेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंले बस्नेतमाथि बैंकिङ कसुर तथा ठगी मुद्दामा अनुसन्धान अगाडि बढाएको थियो ।
यसअघि घरजग्गा व्यवसाय र सहकारीमार्फत १० अर्ब बराबर ठगी गरेको अभियोगमा बस्नेत चलान भएका थिए । काठमाडौं, भक्तपुर र स्याङ्जा जिल्ला अदालतको आदेशानुसार जेल चलान भएका बस्नेत अदालतले तोकेको धरौटी बुझाएर गत वर्ष जेठमा रिहा भएका थिए ।

बस्नेतविरुद्ध ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले १६ चैत २०७२ मा २ वर्ष कैद र ५ करोड १९ लाख ९७ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अर्को ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले नै ३० असार २०७३ मा बस्नेतविरुद्ध ४ लाख ९४ हजार जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो ।

बस्नेतविरुद्ध भक्तपुर जिल्ला अदालतले पनि ७ मंसिर २०७२ मा २ वर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ७ : ४७ बजे

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ

भोटेकोशी बाढी : राष्ट्रपति पौडेललाई पठाए चिनियाँ राष्ट्रपति सीले समवेदना सन्देश

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार गएको बाढी-पहिरोबाट भएको

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ