कफी क्षेत्रमा लगानी गरौं, व्यापार घाटा घट्छ: प्रचण्ड « Khabarhub

कफी क्षेत्रमा लगानी गरौं, व्यापार घाटा घट्छ: प्रचण्ड


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कफी क्षेत्रको विकासमा लगानी बढाउन सरकारलाईं आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय बजारमा समेत ठूलो परिणाममा माग भइरहेको कफी खेतीको विकासका लागि कृषकहरुलाई प्रोत्साहित हुनेगरी नीति र कानून निर्माण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

सोमबारबाट काठमाडौंमा शुरु भएको नेपाल कफी व्यवसाय प्रवर्द्धन सम्मेलनको उद्घाटन गर्दै उनले नेपालको व्यापार घाटालाई कम गराउन समेत भरपर्दो माध्यामको रुपमा रहेको कफी खेतीको विकासमा निजी क्षेत्रले समेत चासो नदिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

अध्यक्ष दाहालले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न पनि नेपालमा कफी खेतीको विकास गर्नुपर्ने जरुरी रहेको बताए । नेपालको ४२ वटा जिल्लामा कफी खेतीको दृष्टिले अति महत्वपूर्ण मानिन्छ । तर त्यसको विकासमा सरकार र निजी क्षेत्र दुवैले चासो दिन नसकेको अध्यक्ष दाहालले बताए ।

अध्यक्ष दाहालले युवा जनशक्तिलाई मुलुकभित्रै परिचालन गर्न पनि कफी खेतीमा लगानी बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ८ : ०८ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी