कफी क्षेत्रमा लगानी गरौं, व्यापार घाटा घट्छ: प्रचण्ड « Khabarhub

कफी क्षेत्रमा लगानी गरौं, व्यापार घाटा घट्छ: प्रचण्ड


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कफी क्षेत्रको विकासमा लगानी बढाउन सरकारलाईं आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय बजारमा समेत ठूलो परिणाममा माग भइरहेको कफी खेतीको विकासका लागि कृषकहरुलाई प्रोत्साहित हुनेगरी नीति र कानून निर्माण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

सोमबारबाट काठमाडौंमा शुरु भएको नेपाल कफी व्यवसाय प्रवर्द्धन सम्मेलनको उद्घाटन गर्दै उनले नेपालको व्यापार घाटालाई कम गराउन समेत भरपर्दो माध्यामको रुपमा रहेको कफी खेतीको विकासमा निजी क्षेत्रले समेत चासो नदिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

अध्यक्ष दाहालले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न पनि नेपालमा कफी खेतीको विकास गर्नुपर्ने जरुरी रहेको बताए । नेपालको ४२ वटा जिल्लामा कफी खेतीको दृष्टिले अति महत्वपूर्ण मानिन्छ । तर त्यसको विकासमा सरकार र निजी क्षेत्र दुवैले चासो दिन नसकेको अध्यक्ष दाहालले बताए ।

अध्यक्ष दाहालले युवा जनशक्तिलाई मुलुकभित्रै परिचालन गर्न पनि कफी खेतीमा लगानी बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ८ : ०८ बजे

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज