पत्रकार गिरी रिहा | Khabarhub Khabarhub

पत्रकार गिरी रिहा


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाचार लेखेकै आरोपमा पोखराबाट पक्राउ परेका पत्रकार अर्जुन गिरी रिहा भएका छन् । उनलाई तारिख रिहा गरिएको हो ।

सीआईबी प्रमुख डीआईजी निरज शाहीले यो प्रकरण टुङ्ग्याउने सहमति भएको जानकारी दिएका छन् । प्राविधिक रुपमा गल्ती सानै भए पनि नियत खराव नभएको हुँदा सम्बन्धित कर्मचारीलाई स्पस्टीकरण सोधिएको  उनले बताए । चित्तबुझ्दो जवाफ नआएमा उचित कारबाही हुने डीआइजी शाहीले बताए ।

तान्डव न्यूज साप्ताहिक तथा अनलाइनमा बतास अर्गनाइजेसनका सञ्चालक विपेन्द्र बतासले ठूलो रकम ठगी गरेको जाहेरी परेपछि गिरीले त्यसैलाई आधार बनाएर समाचार लेखेका थिए ।

सोही विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार गिरीलाई साइबर अपराधमा पक्राउ गरी काठमाडौं पठाएको थियो ।

उनलाई पक्राउ गरेपछि नेपाल पत्रकार महासंघ कास्कीले सोमबार नै विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो । भने नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पनि विज्ञप्ति जारी गरी पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप भएको जनाएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ९ : ५३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’