युवा विदेश पठाउन भाषा सिकाउँदै सुदूरपश्चिम सरकार « Khabarhub

युवा विदेश पठाउन भाषा सिकाउँदै सुदूरपश्चिम सरकार


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-बेरोजगार युवालाई बिदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दैगर्दा सुदूरपश्चिम सरकार भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ। प्रदेशका नौवटै जिल्लाका तीन सय २० युवालाई वैदेशिक रोजगारीमा पठाउन जापानी, कोरियन र अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागिएको नयाँ पत्रिकामा खबर छ ।

सामाजिक विकास मन्त्रालयले तीनमहिने भाषा कक्षा सञ्चालनका लागि धनगढीस्थित स्टार प्रालिसँग ३५ लाख २६ हजार पाँच सय रुपैयाँमा सम्झौता गरिसकेको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा भने युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

‘केही दिनमै भाषा कक्षा सुरु हुन्छन्। प्रदेश सरकारको रातो किताबमा समावेश कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो,’ मन्त्रालयका सचिव गोगनबहादुर हमालले भने। बजेटमा समावेश गरिएका स्वरोजगार बन्न टेवा पुर्‍याउने कार्यक्रम भने आर्थिक वर्ष सकिनै लाग्दा पनि कार्यान्वयनमा जान सकेका छैनन्।

जनप्रतिनिधिकै अगुवाइमा गाउँनिकाला : १० जनाविरुद्ध किटानी जाहेरी शीर्षकको अर्को समाचारमा जनप्रतिनिधिकै अगुवाइमा गाउँनिकालामा परेको बारा सुवर्ण गाउँपालिका–६ धरमपुरका ओमप्रकाश यादव (अवधेश)को परिवारले १० जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा किटानी जाहेरी दिएको छ। पति अनुठा यादवको दाहसंस्कार र काजकिरिया हिन्दूधर्मअनुसार नगरेको आरोपमा गाउँनिकाला भएको नौ दिनपछि मंगलबार बिन्दा अहिरिनले उजुरी दिएकी हुन्।

गाउँनिकालाको नेतृत्व गर्ने वडासदस्य जिमिलाल यादव र पूर्वगाविस उपाध्यक्ष विद्यानन्दप्रसाद यादवसहित पूर्ववडा सदस्यहरू हृदयनारायण राउत अहिर र रामधार राउत अहिरविरुद्ध किटानी जाहेरी परेको छ। यस्तै, मोछीप्रसाद यादव, गणेशप्रसाद यादव, वैजनाथ गिरी र देवेन्द्र यादवविरुद्ध पनि किटानी जाहेरी परेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीले बताए।

उनीहरू स्थानीय अगुवा हुन्। उजुरी परेका श्रीनिवासप्रसाद बरई नेपाल सरकारका पूर्वकर्मचारी हुन् भने भरोसी राउत अहिर जातीय महाजन (जातको अगुवा) हुन्। धरमपुरका भेटेरिनरी सञ्चालक अहेव मिश्रीलाल बरईको भने उजुरीमा नाम छुटेको पीडित ओमप्रकाशले बताए। गाउँनिकाला गर्नेलाई कारबाही र आफ्नो परिवारलाई शान्ति–सुरक्षासहित गाउँ फर्किने वातावरण बनाइदिन पीडितले माग गरेको निमित्त प्रजिअ कार्कीले बताए।

१९ पहाडी जिल्लामा सहसचिव र एसपी खटाउने सरकारको तयारी शीर्षकको समाचारमा सरकारले १९ वटा पहाडी जिल्लाको सिडिओमा सहसचिव र जिल्ला प्रहरी प्रमुखमा एसपीलाई खटाउने तयारी गरेको छ। धेरै जनसंख्या भएका जिल्लामा दरबन्दी स्तरोन्नति गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ। ती जिल्लामा हाल उपसचिव प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रमुख रहेका छन्।

हाल ४२ जिल्लामा सहसचिव तथा ३५ जिल्लामा सिडिओको उपसचिव दरबन्दी छ। त्यस्तै, दुई जिल्लामा एसएसपी, ४० जिल्लामा एसपी र ३५ जिल्लामा डिएसपी जिल्ला प्रहरी प्रमुख रहेका छन्। अब ६१ जिल्लामा सहसचिवलाई सिडिओ र ५९ जिल्ला एसपीलाई खटाउन लागिएको छ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ७ : ०० बजे

उच्च रक्तचापको समस्या, डाक्टर भन्छन्- समयमै औषधि खाएर रोक्न सकिन्छ

काठमाडौं– उच्च रक्तचाप सुन्दा सामान्य लागे पनि यसले गर्ने भयानक

संसद्‍मा श्रम संस्कृतिको आवाज : प्रधानमन्त्री जवाफदेही बन्नै पर्छ, प्रश्नदेखि भाग्न पाइँदैन

काठमाडौं- हर्कराज राई नेतृत्वको प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा

इरानमाथि नयाँ हमला तयारी : हतियार बोकेका दर्जनौं अमेरिकी विमान इजरायल पुगे

तेलअभिभ- पछिल्लो २४ घण्टामा दर्जनौँ अमेरिकी विमानहरू इजरायलमा उत्रिएका छन्।

कांग्रेस सांसदले भने : सुधन गुरुङको सम्पत्ति शंकास्पद छ, छानबिन गरौँ

काठमाडौं- नेपाली कांग्रेका सांसद अभिषेकप्रताप साहले तत्कालीन गृहमन्त्री सुधन गुरुङले

विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं– विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त