मनाङ मस्याङ्दी र भारतीय क्लब मिनर्वाबीचको खेल आज « Khabarhub

मनाङ मस्याङ्दी र भारतीय क्लब मिनर्वाबीचको खेल आज


१ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मनाङ-मर्स्याङ्दी क्लबले एएफसी कप छनोटमा भारतीय फुटबल क्लब मिनर्भा पञ्जावसँगको होम गेममा आज (बुधबार) खेल्दैछ । मनाङले घरेलु मैदानमा भारतीय आई लिग च्याम्पियन मिनर्भासँग स्पष्ट जित निकाल्ने लक्ष्य रहेको बताएको छ । खेल दिउँसो ३ बजेपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

यसअघि अवे खेलमा एएफसी कपमा मिनर्भासँग बराबरी खेल्दै १ अंक बटुलेको मनाङ घरेलु मैदानमा मिनर्भालाई रोक्दै अंक तालिकामा ४ अंक जोड्ने लक्ष्य बनाएको जानकारी दिएको छ ।

अवे खेलमा मनाङले मिनर्भासँग २–२ गोलबो बराबरी खेलेको थियो । मंगलबार प्रि म्याच कन्फ्रेन्समा बोल्दै मनाङका प्रशिक्षक छिरिङ लोप्साङले मिनर्भाकै मैदानमा ड्र गरेर फर्किएकाले होम ग्राउण्डको फाइदा उठाउँदै जित हात पार्ने बताएका छन् ।

यस्तै, कप्तान विराज महर्जनले पनि अहिलेसम्मका खेलमा खेलाडीकै कारण पराजित हुनु परेको स्वीकार्दै आजको खेलमा जित हात पार्ने बताएका छन् । मनाङविरुद्ध ३ अंक जोड्ने मिनर्भाका प्रशिक्षक सचिन तजानी बढानेले बताए । मनाङलाई घरेल मैदानमा रोक्दौ नेपाल बसाइ सुखद बनाउने लक्ष्यमा रहेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार  ८ : ४५ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६