उत्तर कोरियाली अवैध गतिविधि रोक्न अमेरिकाको ध्यानाकर्षण « Khabarhub

उत्तर कोरियाली अवैध गतिविधि रोक्न अमेरिकाको ध्यानाकर्षण


१ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा उत्तरकोरियाको अवैध गतिविधि बढेको भन्दै यसलाई तत्काल रोक्न अमेरिकाले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

अमेरिकी दक्षिण एसिया तथा मध्य एसिया मामिलाका कार्यवहाक उपसहायक मन्त्री डेभिड जे रेन्जले बुधबार गृहमन्त्री रामबहादुर थापासँग भेटगरी उत्तरकोरियाली अवैध गतिविधि रोक्न नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अमेरिकी विदेशमन्त्री माइक पम्पेवले उत्तरकोरियाली अवैध गतिविधिबारे प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको समेत ध्यानाकर्षण गराउँदा पनि नेपालमा उत्तरकोरियाली अवैध गतिविधी नरोकिएकोमा अमेरिकी उपसहायक मन्त्री रेन्जले चासो राखेका थिए ।

यस अघि नेपालस्थित अमेरिकी दूतावासले उत्तरकोरियामाथिको नाकाबन्दी कार्यान्वयन गर्न र नेपालमा अवैध गतिविधी हुन नदिन दुईपटक परराष्ट्र मन्त्रालयमा औपचारिक पत्राचार समेत गरेको थियो । पत्रका उत्तर कोरियाले नेपालबाट गरिरहेको अवैध गतिविधीको सूची र त्यसमा संलग्न व्यक्तिहरुको नामावलीसमेत रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपालमा बसेर उत्तर कारियालीहरुले ह्याकिङ अड्डा चलाएको विषयमा यस अघि खबरहबको अनुसन्धानमुलक रिपोर्टले खुलासा गरेको थियो ।

गृहमन्त्रीसँगको भेटमा उपसहायकमन्त्री रेन्जले अमेरिका र नेपालबीच लामो समयदेखि रहेको सम्बन्ध थप मजबुत बनाउने विषयमा मन्त्री थापासँग कुरा गरेका थिए ।

भेटमा उपसहायक मन्त्री रेन्जले प्रतिआतंकवादमा अमेरिकी सहायता रहने भन्दै अमेरिका नेपाली सुरक्षाकर्मीको क्षमता अभिवृद्धीमा सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए ।

गृहमन्त्री थापासँगको भेटमा अमेरिकी उपसहायक मन्त्री रेन्जले  आतंकवाद संसारभर खतरा रहेको र अमेरिकाले  आतंकवादसँग जुध्न र आतंकवादी खतरालाई निस्तेज पार्न नेपाललाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

श्रीलंका घटनापछि दक्षिण एसियाली क्षेत्रका सबै देश सचेत हुनुपर्ने भन्दै उनले आतंकवादको खतरालाई नेपालले पनि बेवास्ता गर्न नहुने बताए । उनले अमेरिका नेपालको असल मित्र रहेको र सधै सहयोगका लागि तयार रहेको समेत गृहमन्त्रीसँगको भेटमा बताए ।

यो पनि पढ्नुहोस्,

नेपालमा बसेर संसारभर निशाना बनाउँदै उत्तर कोरियाली ह्याकर

नेपालमा उत्तर कोरियाली ह्याकरको गतिविधिप्रति अमेरिकाको ध्यानाकर्षण

नेपालस्थित उत्तर कोरियाली दूतावासलाई सवारी बिक्रीमा रोक, राजदूतकै कार खरिद रोकियो

 

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार  ११ : ४० बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस