महावीर भन्छन्– ‘फुटेर नभइ जुटेर मात्र शक्तिशाली भइन्छ’  « Khabarhub

महावीर भन्छन्– ‘फुटेर नभइ जुटेर मात्र शक्तिशाली भइन्छ’ 


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले संसारमा फुटेर नभइ आपसमा मिलेर र जुटेर मात्रै शक्तिशाली भइने बताएका छन् ।

मन्त्री पुनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचन आयोगमा धेरै नयाँ दल दर्ता भएको प्रति लक्षित गर्दै सानातिना कुरामा असन्तुष्टि राखेर पार्टी दर्ताको होडबाजीमा उत्रनु राम्रो नभएको बताएका हुन् ।

उनले लेखेका छन्– ‘हेर्नुहोस् १२३ दल दर्ता भैसके र ३२ दल दर्ता हुने प्रकृयामा रे ! यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफैँ खन्दैछन् ।’

उनले यस्तो ताल हो भने नेपालमा वृद्ध नेताहरूको संरक्षणमा खाइपल्केकाहरुको शासन फेरि फर्किने उल्लेख गरेका छन् ।

मन्त्री पुन लेख्छन्– ‘नेपालीहरू फुट्ने र सानोतिनो कुराहरूमा नमिलेर निर्वाचन आयोगमा धेरै भन्दा धेरै पार्टी दर्ता गर्ने होडबाजी चलिरहेको छ । यस्तै ताल हो भने नेपालमा वृद्ध नेताहरूको संरक्षणमा खाई पल्केका जाली फटाहा नेताहरूको र आसेपासेहरूको शासन फेरि फर्किन्छ।’

उनले नयाँशक्ति एकजुट भएर नजाने हो भने जेनजी आन्दोलनको लक्ष्य तुहिने भन्दै अहिले सरकारले गरेका राम्रा कामहरू तिनै भ्रष्टहरूले उल्ट्याउने उल्लेख गरेका छन् ।

मन्त्री पुनको स्टाटस यस्तो छ– ‘हेर्नुहोस् १२३ दल दर्ता भैसके र ३२ दल दर्ता हुने प्रकृयामा रे ! यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफैँ खन्दैछन् । संसारमा फुटेर होइन की आपसमा मिलेर र जुटेर मात्र शक्तिशाली भइन्छ । नेपालीहरू फुट्ने र सानोतिनो कुराहरूमा नमिलेर निर्वाचन आयोगमा धेरै भन्दा धेरै पार्टी दर्ता गर्ने होडबाजी चलिरहेको छ । यस्तै ताल हो भने नेपालमा वृद्ध नेताहरूको संरक्षणमा खाई पल्केका जाली फटाहा नेताहरूको र आसेपासेहरूको शासन फेरि फर्किन्छ । जेनजी आन्दोलनको लक्ष्य तुहिएर जान्छ र अहिलेको मन्त्री मण्डलले गरेको राम्रो र सकारात्मक कामहरू र निर्णयहरू पुरानै पापी भ्रष्टाचारी पार्टीहरू फेरि निर्वाचित भएर आए भने उल्ट्‌याउँछन् ।’ 

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ८ : २० बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको