भारतीय फुटबल टोलीको मुख्य प्रशिक्षक बने क्रोएसियाका पूर्वप्रशिक्षक इगोर « Khabarhub

भारतीय फुटबल टोलीको मुख्य प्रशिक्षक बने क्रोएसियाका पूर्वप्रशिक्षक इगोर


१ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -भारतीय राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा क्रोएसियाका पूर्व खेलाडी तथा प्रशिक्षक इगोर स्टामेकलाई नियुक्त गरेको छ । भारतीय फुटबल संघले बुधबार इगोरलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

उनलाई भारतीय टोलीको जिम्मा २ वर्षका लागि दिएको भारतीय फुटबल संघले जनाएको छ । यसअघि सन् २०१४ मा क्रोएसियालाई विश्वकप सम्म पुग्न मद्दत गरेका थिए ।

इगोरसँग १८ वर्षलामो प्रशिक्षक बनेर काम गरेको अनुभव छ । उनको कार्यकालमा भारतले फुटबलको विकासमा ठूलो फड्को मार्ने विश्वास गरिएको छ ।

यसअघि उनी कतारको अल शहानीया क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारीमा थिए । शहानीयालाई उनले २०१६ देखि २०१७ सम्म नेतृत्व गर्दै अहिले भारतीय टोलीको नेतृत्व गरेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार  १ : २२ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा