‘लुका छुपी’ को सफलतापछि कृति सेननले बढाइन् आफ्नो पारिश्रमिक « Khabarhub

‘लुका छुपी’ को सफलतापछि कृति सेननले बढाइन् आफ्नो पारिश्रमिक


१ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री कृति सेननले अहिलेसम्म ५ फिल्ममा काम गरेकी छिन् । तीमध्ये ३ फिल्म सुपरहिट रहे । उनको पछिल्लो फिल्म ‘लुका छुपी’ पनि हिट रह्यो । फिल्मले राम्रो आम्दानी गर्‍यो । यो फिल्मले विश्वव्यापी रुपमा १ सय २० करोड कमाइ गरेको थियो ।

‘लुका छुपी’ सफल भएपछि सेननको कन्फिडेन्स बढेको छ । खबरका अनुसार यी नायिकाले आफ्नो पारिश्रमिक बढाएकी छिन् । रिपोर्टका अनुसार उनले पारिश्रमिक बढाएकी छिन्, यसको कारण उनका फिल्म हिट भएका छन् । उनलाई विश्वास छ कि, फिल्मलाई सफल बनाउने भारी आफू बोक्न तयार छिन् ।

खबरका अनुसार उनी फिल्म ‘हाउसफूल ४’ मा पनि काम गर्नेवाला छिन् । यस्तै उनी अमर कौशिकको निर्देशनमा बन्न लागेको फिल्ममा पनि हुनेछिन् ।

भारतीय मिडियाको दाबीलाई आधार मान्ने हो भने उनले वर्तमानमा लिएको पारिश्रमिकभन्दा ४० प्रतिशत बढी पारिश्रमिकको माग गर्न थालेकी छिन् । उनका केही फिल्म पाइपलाइनमा छन् । उनी सधै हरेक कुरामा बोल्न पनि पछि नपर्ने नायिकामा गनिन्छिन् । उनले फिल्म ‘लुका छुपी’ मा सबै क्रेडिट र्कातिक आर्यनलाई दिइएकोमा पनि आवाज उठाएकी थिइन् । पछिल्लो समय उनको चर्चा झनभन्दा झन थपिँदै गएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार  १ : २५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र