‘लुका छुपी’ को सफलतापछि कृति सेननले बढाइन् आफ्नो पारिश्रमिक « Khabarhub

‘लुका छुपी’ को सफलतापछि कृति सेननले बढाइन् आफ्नो पारिश्रमिक


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री कृति सेननले अहिलेसम्म ५ फिल्ममा काम गरेकी छिन् । तीमध्ये ३ फिल्म सुपरहिट रहे । उनको पछिल्लो फिल्म ‘लुका छुपी’ पनि हिट रह्यो । फिल्मले राम्रो आम्दानी गर्‍यो । यो फिल्मले विश्वव्यापी रुपमा १ सय २० करोड कमाइ गरेको थियो ।

‘लुका छुपी’ सफल भएपछि सेननको कन्फिडेन्स बढेको छ । खबरका अनुसार यी नायिकाले आफ्नो पारिश्रमिक बढाएकी छिन् । रिपोर्टका अनुसार उनले पारिश्रमिक बढाएकी छिन्, यसको कारण उनका फिल्म हिट भएका छन् । उनलाई विश्वास छ कि, फिल्मलाई सफल बनाउने भारी आफू बोक्न तयार छिन् ।

खबरका अनुसार उनी फिल्म ‘हाउसफूल ४’ मा पनि काम गर्नेवाला छिन् । यस्तै उनी अमर कौशिकको निर्देशनमा बन्न लागेको फिल्ममा पनि हुनेछिन् ।

भारतीय मिडियाको दाबीलाई आधार मान्ने हो भने उनले वर्तमानमा लिएको पारिश्रमिकभन्दा ४० प्रतिशत बढी पारिश्रमिकको माग गर्न थालेकी छिन् । उनका केही फिल्म पाइपलाइनमा छन् । उनी सधै हरेक कुरामा बोल्न पनि पछि नपर्ने नायिकामा गनिन्छिन् । उनले फिल्म ‘लुका छुपी’ मा सबै क्रेडिट र्कातिक आर्यनलाई दिइएकोमा पनि आवाज उठाएकी थिइन् । पछिल्लो समय उनको चर्चा झनभन्दा झन थपिँदै गएको छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १ : २५ बजे

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका