भारतीय जेलबाट मुक्त भए १९ पाकिस्तानी कैदीबन्दी « Khabarhub

भारतीय जेलबाट मुक्त भए १९ पाकिस्तानी कैदीबन्दी


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमृतसर– भारतको जेलबाट मुक्त भएका १९ जना पाकिस्तानी कैदीबन्दी स्वदेश पुगेका छन् ।

उनीहरु अट्टारी–वागा सीमा हुँदै पाकिस्तान पुगेका हुन् । विभिन्न समयमा विना प्रवेशआज्ञा र गैरकानूनी रुपमा भारत पुगेका पाकिस्तानलाई भारतले फत्राउ गरि जेल चलाउन गरेको थियो ।

जसमध्ये हालै भारत सरकारले १९ जनालाई कैदीबन्दीलाई रिहा गर्न आदेश दिएको थियो ।

भारतको जेलबाट मुक्त भएका पाकिस्तानी नागरिक विकास अहमदले आफूले १० वर्ष जेलमा विताउनु परेको बताए ।

भारतले उनलाई सन् २००९ मा विना प्रवेशआज्ञा आफ्नो सीमा क्षेत्रमा प्रवेश गरेको भन्दै पक्राउ गरेको थियो ।

१३ महिना भारतीय जेलमा विताएर मुक्त भएका एक माझी मुस्तफाले भारले आफ्नो जेलमा रहेका पाकिस्तानीलाई छाड्नु स्वागतयोग्य कदम रहेको बताएका थिए ।

उनी समुद्रमा माछा मार्ने क्रममा अन्जानबस भारतीय सीमा क्षेत्रमा प्रवेश गरेपछि पक्राउ परेका थिए ।

भारत र पाकिास्तानको सीमा जोडिएका क्षेत्रबाट हरेक वर्ष दुई देशका नागरिक एक–अर्काको सीमाबाट पक्राउ पर्ने गर्छन् ।

विशेष गरी माछा मार्ने माझीहरु भुलबस अर्को देशको सीमामा प्रवेश गर्दा पक्राउ पर्छन् । भारतीय माझीहरु पनि ठूलो संख्यामा पाकिस्तानी जेलमा रहको बताइन्छ ।

गत अप्रिल महिनामा मात्रै भारतको अनुरोधमा पाकिस्तान सरकारले आफ्नो जेलमा रहेका ६० जना भारतीयलाई रिहा गरेको थियो ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  २ : १२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह