गर्भपतन रोक्नेसम्बन्धी अमेरिकामै सबैभन्दा कडा कानून पारित « Khabarhub

गर्भपतन रोक्नेसम्बन्धी अमेरिकामै सबैभन्दा कडा कानून पारित


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अलाबामा राज्यको सिनेटले गर्भपतन रोक्नेसम्बन्धी अमेरिकामै सबैभन्दा कडा कानून पारित गरेको छ ।

सिनेटले पारित गरेको कानूनमा गर्भपतनमा पूर्ण रुपमा प्रतिबन्ध लगाउनुका साथै गर्भपतनमा सहयोग गर्ने चिकित्सकलाई आजीवन कैदको सजाय हुन सक्ने छ ।

रिपब्लीकन पार्टीको बहुमत रहेको अलाबामा राज्यको सिनेटले पारित गरेको नयाँ विधेयक प्रमाणिकरणका लागि गभर्नर के इभे समक्ष पुगेको छ । गभर्नरको हस्ताक्षरपछि उक्त विधेयकले कानूनको रुप धारण गर्ने छ । नयाँ विधेयकमा बलात्कार वा नातेदारबाट हुने व्यभिचारका कारण गर्भ रहेमा त्यसलाई गर्भपात गराउन पाउने छुट पनि दिइएको छैन ।

संयुक्तराज्य अमेरिकाकै सबैभन्दा ठूलो मानव अधिकारवादी संस्था एसीएलयूले उक्त कानूनको कार्यान्वयन रोक्नेगरी अदालतमा चुनौती दिने तयारी गरेको छ । विधेयकको पक्षमा रहेकाहरुले आफूहरु सर्वोच्च अदालतमा जाने धम्की दिएका छन् ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव जितेपछि अमेरिकी सर्वोच्च अदालतमा अनुदार विचार राख्ने न्यायाधीशहरु नियुक्त गर्नुभएकाले पनि सर्वोच्च अदालतले पछिल्लो विधेयकलाई सदर गर्ने सम्भावना छ । सर्वोच्च अदालतको सन् १९७३ को एक आदेशका कारण अमेरिकामा गर्भपतन गर्ने कानुनी बाटो खुलेको थियो ।

तर बहुसंख्यक रिपब्लीकन पार्टीका सदस्यहरु सर्वोच्चको उक्त आदेश खारेज हुनुपर्ने माग गरिरहेका छन् ।

सिनेट डेमोक्र्या्टिक पार्टीका नेता बब्बी सिङ्गलटनले अलबामा राज्यको सिनेटले विधेयक पारित गरेर अनुदारवादी चरित्र प्रस्तुत गरेको र यो राष्ट्रको लज्जा भएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ३ : ३९ बजे

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७