‘जात्रै जात्रा’ ले २० करोड कमाए पनि यसको सिक्वेल बन्दैन – निर्देशक भट्टराई « Khabarhub

‘जात्रै जात्रा’ ले २० करोड कमाए पनि यसको सिक्वेल बन्दैन – निर्देशक भट्टराई


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तस्वीर – प्रदीप भट्टराईको फेसबूकबाट

काठमाडौं – आउँदो शुक्रवार (जेठ ३) बाट चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शन हुँदैछ । चलचित्रको रिलिजअघि पर्याप्त चर्चा छ । यसअघि ‘जात्रा’ र ‘शत्रु गते’ निर्देशन गरेका निर्देशक प्रदीप भट्टराई यो फिल्मबाट पनि उत्तिकै आशावादी छन् । यो फिल्म पनि हिट भएको खण्डमा प्रदीपले निर्देशन गरेका हिट तीन फिल्मले ह्याट्रिक हान्नेछन् ।

‘जात्रै जात्रा’ किन हेर्ने ? निर्देशक भट्टराई यो फिल्म मनोरञ्जनका लागि हेर्नुपर्ने धारणा राख्छन् । उनका अनुसार यो फिल्म एउटा पूर्ण चलचित्र हो । ‘दर्शकले ‘जात्रा’ पनि मनोरञ्जनका लागि हेर्नुभएको थियो, त्यसको तुलनामा यसको सिक्वेलमा अझै मनोरञ्जन छ,’ निर्देशक भट्टराई सुनाउँछन् ।

उनी यो फिल्म आफूले निर्देशन गरेका यसअघिका फिल्मभन्दा स्तरीय भएको दाबी गर्छन् । ‘जात्रा’ मा कथा अपूर्ण भएको र त्यसको बाँकी कथा ‘जात्रै जात्रा’ मा भेटिने उनी बताउँछन् । ‘कथाको हिसाबले यो फिल्म पूर्ण सिनेमा हो, ‘जात्रै जात्रा’ मा कथा अपूर्ण छोडिएको थियो,’ उनी अगाडि थप्छन् ।

उनले दर्शकलाई ‘जात्रा’ कै कथाका रुपमा यो फिल्म हेर्न पनि दर्शकलाई आग्रह गर्छन् । साथै उनले अब यसको तेस्रो सिक्वेल नबन्ने बताउँछन् । ‘जात्राको नाममा अरु फिल्म बन्ला तर २० करोड कमाए पनि यही कथामा तेस्रो सिक्वेल बन्दैन,’ प्रदीप भन्छन्, ‘हामीले ‘जात्रै जात्रा’ मा नै पूर्ण कथा छोडेका छौँ, अर्को फिल्मको लागि कथा उठाउन पर्दैन ।’

‘जात्रै जात्रा’ को कुरा गर्नुपर्दा यो फिल्ममा विपिन कार्की, दयाहाङ राई, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, वर्षा राउत लगायतका कलाकारको शीर्ष भूमिका छ । रिलिजअघि चलचित्रले गज्जबको प्रतिक्रिया पाएको छ । यसको गीत ‘जीवन जात्रा हो’ ले पनि खुबै चर्चा बटुलेको छ । यसको पहिलो भाग ‘जात्रा’ ले पनि दर्शकबाट तारिफ बटुलेको थियो ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ३ : ५३ बजे

राष्ट्रियसभाको ८ सिटमा कांग्रेसको दाबी, एमाले र नेकपा दुवैसँग समानान्तर वार्ता

काठमाडौं- नेपाली कांग्रेसले आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय

राष्ट्रिय सभामा भएको एकतासभामा देखिएनन् बालेन र कुलमान, बृहत् एकतासभाको तयारी हुँदै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकता सभामा बालेन्द्र साह

यमनका पक्षहरूबीच संवाद सहज बनाउन टर्कीए तयार : राष्ट्रपति एर्दोगान

एजेन्सी– टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यमनमा द्वन्द्वरत पक्षहरूबीच संवाद

हत्यामा संलग्न भएको आरोपमा चार युवा पक्राउ

ओखलढुङ्गा– जिल्ला प्रहरी कार्यालयले श्रृङ्खलाबद्ध हत्यामा संलग्न भएको आरोपमा चार

जनकल्याण बहुउद्देश्यीय साकोसमा साढे १४ लाख रकम अपचलन, व्यवस्थापक भन्छन्- तिर्न तयार छु

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-८ फेदीमा अवस्थित जनकल्याण बहुउद्देश्यीय