डिल्लीबजार मालपोत कार्यालयका प्रमुख अदालतको अवहेलनामा दोषी ठहर « Khabarhub

डिल्लीबजार मालपोत कार्यालयका प्रमुख अदालतको अवहेलनामा दोषी ठहर


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत (कार्यालय प्रमुख) अदालतको अवहेलनामा दोषी ठहर भएका छन् ।

उच्च अदालत पाटनले एक मुद्दाको सन्दर्भमा कागजात झिकाउने आदेश कार्यान्वयन नगरेपछि कार्यालय प्रमुख विश्वराज मरासेनी अदालतको अवहेलना मुद्दामा दोषी ठहर भएका हुन् ।

उच्च अदालत मोहम्मद साबिर हुसेन र टेकनारायण कुँवरको इजलासले मालपोत प्रमुख मरासेनीलाई अदालतको अवहेलना गरेको भन्दै ५ हजार रुपैयाँ जरिवाना तोकेको हो ।

अदालतले ६ जेठ २०७५, १८ असार २०७५, १९ असोज २०७५, ३ माघ २०७५ र ३ चैत २०७५ गरी ५ पटक डिल्लीबजार मालपोत कार्यालयलाई पत्र लेखेर कागजात माग गरेको थियो ।

पाँच–पाँच पटक पत्रचार गर्दा पनि कार्यालयबाट पत्र प्राप्त नभएपछि अदालतले प्रमुख मरासेनीलाई न्याय प्रशासन ऐनअनुसार पहिलोपटकका लागि ५ हजार रुपैयाँ जरिवाना तोकेको हो ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ६ : ०० बजे

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार