घुस खान नपाएका कांग्रेसी कर्मचारीले अनावश्यक बखेडा झिके : मन्त्री यादव | Khabarhub Khabarhub

घुस खान नपाएका कांग्रेसी कर्मचारीले अनावश्यक बखेडा झिके : मन्त्री यादव


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले कर्मचारीको हक हितमा काम गरिरहेका बेला नेपाली कांग्रेस पक्षधर कर्मचारी युनियनका नेताहरुले कार्यकक्षमै अनावश्यक भाँडभैलो मच्चाएको प्रतिक्रिया दिएका छन् ।

बुधबार दिउँसो मन्त्रालय कार्यकक्षमा हात हालाहाल भएको विषयमा खबरहबसँग कुरा गर्दै मन्त्री यादवले भने, ‘कांग्रेस पक्षधर कर्मचारीका नेताहरुलाई घुस खाने ठाउँ चाहिएको रैछ, त्यही विषयमा अनावश्यक बखेडा झिके, अरु केही होइन ।’

‘सचिवालयमा कर्मचारी नेताहरु आएर अनेक बहाना झिक्दै बबाल मच्चाइरहेको थिए,’ मन्त्री यादवले भने, ‘यो नेतागिरी गर्ने ठाउँ होइन भन्न नपाउन्दै उनीहरुले ममाथि आक्रोश पोखे । जाइलाग्न खोजे ।’

यसअघि सरुवाको विषयलाई लिएर मन्त्रीमाथि हातपात भएको भन्दै प्रकाशन भएका समाचारका विषयमा मन्त्री यादवले केही डिजिटल पत्रिकाहरुले अतिरञ्जना फैलाउन खोजेपनि वास्तविकता त्यो तहको नभएको प्रतिक्रिया दिए ।

नेकपा निकट विनोद खड्कालाई उद्योग विभागमा घुस लिएर सरुवा गरेको आरोप लगाउँदै कांग्रेस निकट कर्मचारीहरु युनियनका नेताहरु मन्त्रीको कार्यकक्ष घेर्न पुगेपछि दिउँसो मन्त्रालय कार्यकक्षमै  झडपको स्थिति सिर्जना भएको थियो ।

यो पनि पढौं

 

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ६ : १४ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार