नेपाल बंगलादेश बैंकको ग्यारेन्टी बुझाएर रिहा भए राजनारायण पाठक « Khabarhub

नेपाल बंगलादेश बैंकको ग्यारेन्टी बुझाएर रिहा भए राजनारायण पाठक


१ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– घुस लिएको आरोप लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक ७८ लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका छन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य तथा न्यायाधीशहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले बुधबार पाठकसँग ७८ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

अदालतको आदेशानुसार पाठकले नेपाल बंगलादेश बैंकको ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

भक्तपुरको नेपाल इन्जिनियरङ कलेजको सम्पत्ति बाँडफाँट सम्बन्धी मुद्दा मिलाइदिने भन्दै पाठकले घुस लिएको विषय सार्वजनिक भएको थियो ।

घुस लिएको विषय सार्वजनिक भएपछि पाठकले अख्तियारको आयुक्त पदबाट राजीनामा दिएका थिए । त्यसपछि अख्तियारले उनीमाथि अनुसन्धान गरेर गत चैत १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

घुस लिएको विषय सार्वजनिक भएदेखि नै ‘फरार’ रहेका पाठक बुधबार सुटुक्क विशेष अदालतमा उपस्थित भएका थिए । बुधबार नै बयान सकिएपछि विशेष अदालतमा थुनछेक बहस शुरु भएको हो । अदालती समय (५ बजे) भन्दा ढिलो गरी जारी भएको आदेशमा पाठकसँग ७८ लाख रुपैयाँ धरौटी माग गरिएको हो ।

अदालतको आदेश पछि पाठकका आफन्तहरुले नेपाल बंगलादेश बैंकबाट ७८ लाख रुपैयाँ बराबरको ग्यारेन्टी ल्याएर बुझाएका विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार  ६ : ५३ बजे

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य