चीनले बन्द गर्‍यो सबै भाषाका विकिपिडिया « Khabarhub

चीनले बन्द गर्‍यो सबै भाषाका विकिपिडिया


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन- चीनमा अनलाइन ज्ञानकोष विकिपिडियाका सबै भाषाका साइट बन्द गरेको छ । हालै सार्वजनिक एक प्रतिवेदन अनुसार चीनमा सबै भाषाका विकिपिडिया बन्द गरिएका हुन् ।

इन्टरनेटमा सेन्सरसिपसम्बन्धी शोधकर्ताले हालै सार्वजनिक गरेको प्रतिवेदनमा चीनमा सबै भाषाका विकिपिडिया बन्द भएको जनाइएको छ । यसअघि चीनमा चिनियाँ भाषाको विकिपिडिया बन्द भइसकेपनि अन्य भाषामा भने उपलब्ध रहेको थियो । निकै नै कठोर इन्टरनेट सेन्सरसिप रहेको चीनमा यसअघि हजारौंका सङ्ख्यामा साइटहरु बन्द भइसकेको छ ।

यसअघि सन् २०१७ मा टर्कीले पनि विकिपिडियामाथि प्रतिबन्ध लगाएको थियो भने हालै भेनेजुएलाले पनि विकिपिडियामा प्रतिबन्ध लगाएको थियो । तैपनि विकिपिडिया सञ्चालक संस्था विकिमिडिया फाउण्डेसनले भने चीनबाट आफ्नो साइटमा निकै थोरै ट्राफिक आउने देखिएपछि त्यहाँ विकिपिडिया बन्द भएको थाहा पाइएको तर चिनियाँ अधिकारीले भने यसबारे कुनै जनकारी नदिइएको जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ७ : ०९ बजे

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ