एक्कासीको हुरी र हिउँले हिमालमै रोक्यो प्रधानमन्त्री ओली दम्पत्तीलाई « Khabarhub

एक्कासीको हुरी र हिउँले हिमालमै रोक्यो प्रधानमन्त्री ओली दम्पत्तीलाई


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिमाल चढन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई खराब मौसमले समस्या उत्पन्न गराएको छ । फ्रान्सको औपचारिक भ्रमणका क्रममा ओली फ्रान्सको दक्षिण पूर्वको शमोनी भ्रमणमा गएका थिए ।

हिमाली क्षेत्रको यो ठाउँ चढ्न जाँदाको प्रतिकुल मौसमले ओलीलाई समस्या पारेको हो । मौसममा आएको गडबढीले झण्डै एक घण्टा ओलीसहितको टोली हिमाल मै बसेको थियो ।

शमोनीबाट प्रकाशित हुने पत्रिकाका अनुसार प्रधानमन्त्री र भ्रमण दलका सदस्यहरु केवलकारमा चढेर २५०० मिटर भन्दा माथि पुगिसकेपछि एक्कासी आएको हुरी र हिउँ उडाउने तुफानले केवलकार चलाउन प्रतिकुल अवस्था सिर्जना गरेपछी उनीहरुले हिमालमा नै प्रतिक्षा गर्नु परेको थियो।

टोलीमा प्रधानमन्त्री, पररास्ट्रमन्त्री, अन्य उच्चस्तरीय सरकारी कर्मचारी र सद्भावना दुत शृंखला खतिवडासहितको टोली पुगेको थियो ।
एक घण्टापछि मौसममा सुधार आएपछि ओली नेतृत्वको टोलीलाई सफल रुपमा फर्काइएको थियो ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ६ : ४२ बजे

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा

प्रतिनिधिसभामा ३५ प्रतिशत महिला सांसद

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनबाट करिब ३५ प्रतिशत महिला प्रतिनिधिसभा सदस्यमा

करण केसीले जापान प्रिमियर लिग खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर