प्रहरीको 'सर्च एण्ड एरेस्ट अपरेसन' नरोके कडा प्रतिकार गर्ने विप्लवको चेतावनी | Khabarhub Khabarhub

प्रहरीको ‘सर्च एण्ड एरेस्ट अपरेसन’ नरोके कडा प्रतिकार गर्ने विप्लवको चेतावनी


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली-सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफूहरुविरुद्ध सुरक्षाकर्मीले चलाएको ‘सर्च एण्ड एरेस्ट अपरेसन’ अभियान नरोके कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

सिन्धुलीका विभिन्न ठाउँमा जनपथ र सशस्त्र प्रहरीले चलाएको ‘सर्च एण्ड एरेस्ट अपरेसन’ लाई लक्षित गर्दै विप्लव समूहले एक विज्ञप्ती जारी गरी प्रतिकार गर्ने चेतावनी दिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका सिन्धुली जिल्ला इन्चार्ज र सेक्रेटरीले प्रेस विज्ञेप्ती जारी यस्तो चेतावनी दिइएको छ । नेकपा सिन्धुलीका इन्चार्ज शशि राई र सेक्रेटरी दिनेश सारुले बिहीबार एक विज्ञप्ति जारी गर्दै केपी–पीके कम्पनीले सिन्धुलीमा सर्च एण्ड एरेष्ट अभियान चलाई जनतालाई सहनै नसक्ने गरी राज्य आतंक मच्चाइराखे त्यसको कडा रुपमा प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।

विज्ञप्तीमा भनिएको छ,‘नेपालका सर्वहारा वर्ग, श्रमिक तथा उत्पीडित जनसमुदायहरुको अग्रदस्ता हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा वैज्ञानिक समाजवादी क्रान्ति निरन्तर अगाडि बढिरहेको छ । यही क्रममा वर्तमान दलाल फासिवादी केपी–पीके सरकारले हाम्रो पार्टीको निद्रोष, निशस्त्र कार्यकर्तामाथि गोली प्रहार गरी हत्या गर्ने गिरफ्तार गर्ने, झुठा मुद्दा लगाई जेल हाल्ने र देश व्यापी दमन अभियान चलाई राज्य आतंक मच्चाई रहेको छ ।’

आफ्ना समर्थकहरुलाई दु:ख दिने काम भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीहरु गाउँगाउँमा पसेर जनतालाई त्रसित पारेको छ । ३ सय भन्दामाथि फोर्स सिन्धुलीमा केन्द्रित छ । यस प्रकारको सामान्य नागरिक गिरफ्तार गर्ने, जनताको सम्पत्ति लुटपात गरी कब्जा गरी लाने प्रहरी परिचालन गरी कथित सर्च एण्ड एरेष्ट अप्रेशन नरोक्ने हो भने त्यसको जवाफ हामीले दिन बाध्य हुने हुँदा उक्त परिस्थिति आउनु अवागै यस प्रकारको जनतामाथिको जनदमन रोकी समान्य जनताले आफुले काम गरेर शान्तिपूर्ण बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न चेतावनी दिन चाहन्छौं ।’

पढ्नुहोस विप्लव नेतृत्वको नेकपाले जारी गरेको विज्ञप्ती

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ७ : ५० बजे

छठ पर्वका लागि सजावट गरिएको पोखरी, ताल र नदी किनारमा गरियो सफाइ

काठमाडौं– सूर्य उपासना, स्नान, व्रत र भजनसङ्गीतसँग जोडिएको पर्व छठ

माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता

काठमाडौं- सरकारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

सिरहा– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै

प्रधानमन्त्री कार्कीबाट सकारात्मक जवाफ पायौँ : सदिक्षा राई

काठमाडौं– जेन–जी युनाइटेडका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्