भारतले साढे ३ खर्बको सैन्य सामग्री बेच्दै, प्राथमिकतामा नेपाल « Khabarhub

भारतले साढे ३ खर्बको सैन्य सामग्री बेच्दै, प्राथमिकतामा नेपाल


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भारतले सैन्य सामग्री उत्पादन तथा बिक्री वितरणमा नयाँ रणनीति लिएको छ । अहिले ८५ मुलकमा आफ्नो सैन्य सामग्री बेच्दै आएको भारतले यो संख्या बढाउने गरी गृहकार्य गरिरहेको छ । आगामी ५ वर्षभित्र ३ खर्ब ५० अर्ब भारतीय रुपैयाँ भन्दा बढीको सैन्य सामाग्री बिक्री गर्ने योजना बनाएको भारतका लागि नेपाल प्राथमिकतामा छ ।

भारतले सैन्य सामग्री किन्ने ८५ देशको सूचो सार्वजनिक गर्दै सन् २०२५ सम्म ३ खर्ब ५० अर्ब भारुको सैन्य सामग्री बिक्रीको महत्वाकांक्षी लक्ष्य राखेको छ।

भारतले आफ्नो सैन्य उद्योगको विस्तार र प्रचारलाई तीव्र बनाउने नीति लिएको छ । त्यसका लागि वार्षिक ५० हजार डलरको बजेट छुट्याएको छ। भारतले सार्वजनिक तथा निजीस्तरको माध्यमबाट आफ्नो सैन्य उत्पादनको बिक्री बढाउने तयारी गरेको हो।

गत वर्ष पनि भारतको सैन्य विभागले सैन्य सामग्री बिक्रीको लागि स्पष्ट खाका तयार पार्न सरकारसँगआग्रह गरेको थियो। भारतले यसअघि शुरुवातमा भारतले सैन्य क्षेत्रमा १६ करोड भारतीय रुपैयाँ खर्चिने योजना बनाएको छ । भारतले सैन्य सामग्री बिक्री गर्ने देशको सूचीमा भियतनाम, थाइल्याण्ड, बहराइन, यूएई, अफगानिस्तान मलेसियाजस्ता मुलुक छन् ।

तीव्र आर्थिक विकास गरिरहेको भारत शक्ति राष्ट्र अमेरिका, बेलायत जस्तै सैन्य क्षेत्रमा मजबुद बन्ने योजनासहित काम गरिरहेको छ ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  १० : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै