११ महिनामा २६ जनामा डेङ्गु सङ्क्रमण « Khabarhub

११ महिनामा २६ जनामा डेङ्गु सङ्क्रमण


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा चालु आर्थिक वर्षको ११ महीनाको अवधिमा २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । एक हजार ३७० जनाको रगत परीक्षणमा यो सङ्ख्याका बिरामी देखिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये ११ जना चितवनका छन् । अघिल्लो आर्थिक वर्षमा एक हजार २९१को रगत परीक्षण गरिएकामा ५९ जनामा सो सङ्क्रमण भेटिएको उनले जानकारी दिए ।

जिल्लाको भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्र, रत्ननगर नगगरपालिका र राप्ती नगरपालिकाको मुख्य शहरी क्षेत्रमा बढी सङ्क्रमित भेटिएका छन् । डेङ्गुको सङ्क्रमण वर्षा भएसँगै शुरु हुने भन्दै किट नियन्त्रक केसीले यस रोगको सङ्क्रमणबाट बच्नका लागि झुल लगाएर सुत्न, लामा बाउला भएका कपडा लगाउन, घर वरपर सरसफाइ गर्न, तथा पानी जम्न नदिन सुझाव दिए ।

पानी जम्ने ठाउँमा हप्तामा एक पटक एक दुई चम्चा मट्टितेल हालेमा पनि यस्तो समस्या हुँदैन । रोग नियन्त्रणका लागि कार्यालयले भरतपुर महानगरपालिकामा यही असार १ गते देखि ३ गतेसम्म लामखुट्टेका लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ ।

डेङ्गु रोग सार्ने एजिप्ट एडिस नामको लामखुट्टेले पानी जमेको ठाउँमा फूलपार्ने भएकाले ती ठाउँमा देखिएका लार्भा खोजेर नष्ट गर्न महानगरपालिकामा रहेको स्वास्थ्य स्वयमंसेविका परिचालन गरिने र उनीहरुले आफ्नो क्षेत्रमा लार्भा खोजेर नष्ट गर्नाका साथै डेङ्गु रोग सम्बन्धी सचेतना फैलाउने छन् ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  १२ : ४५ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता