सुन्दरी भिआईपी महिला नेतृलाई यौनकर्मीसँग दाँज्दै गसिप ! | Khabarhub Khabarhub

सुन्दरी भिआईपी महिला नेतृलाई यौनकर्मीसँग दाँज्दै गसिप !


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय कलाकार तथा नेताहरुको विभिन्न गसिप बन्ने गरेका छन् । नेताहरुको ट्रोल र कलाकारको गसिप बन्नु नौलो कुरा त हैन । तर अहिले नेतृहरुको गसिपको कुराले सामाजिक सञ्जाल तातेको छ । विभिन्न कारणले चर्चामा आउने नेतृहरुको यौन जीवन जोडेर तयार पारिएका यस्ता गसिपले उनीहरुको करियरलाई नै धक्का दिने विश्लेषण गरिएको छ ।

केन्यामा हालै एक महिला सांसद फातुमा गेडी अलीलाई अर्का पुरुष सांसदले थप्पड हानेपछि फातुमाको रगताम्मे मुखसहितको तस्वीर सामाजिक सञ्जालमा निक्कै भाइरल बन्यो ।

फातुमा यसअघि पनि विवादमा धेरै आउने नेतृ हुन । उनको यौन जीवनसँग जोडिएको समाचार बाहिर आएपछि भने उनी निक्कै संकटमा परिन । फातुमाको सेक्स टेप सार्वजनिक भएको हल्ला निक्कै फैलियो । कानून व्यवसायमा सक्रिय उनी आफ्नै सहकर्मीसँग सम्बन्ध राखेको भन्दै केन्या र बाहिर पनि सामाजिक सञ्जालमा फैलियो ।

उनको चर्चा यतिसम्म भयो कि, उनको वास्तविक अनुहार र उक्त ‘बेड सिन’को तस्बिर जोडेर सामाजिक संजालमा व्यापक चर्चा गरियो । यथार्थमा फातुमासँग अनुहार मिल्ने सम्सो सिगो वालन नामकी यौनकर्मीको तस्वीर राखेर यस्तो गसिप तयार भएको थियो ।

यस्तै गत वर्ष रुसमा भएको विश्वकप फुटबल चलिरहँदा एक भीभीआईपी अचानक अनौपचारिक भ्रमणकै रुपमा खेलमैदानको प्यारापिटमा देखापरेको समाचारले विश्वभर महत्व पायो ।उनी क्रोएसियाली राष्ट्रपति किलिन्दा ग्रेब थिइन । ४७ वर्षीया ग्रेबले आफ्नो टीमका खेलाडीलाई अंकमाल गर्दै उत्कृष्ठ प्रदर्शन गर्न हौसला पनि दिइन । उनको अनौपचारिक शैलीको पनि चर्चा त भयो तर त्यो भन्दा बढी चर्चा उनलाई अमेरिकी मोडेलसँग जोडेर बनाइएको गसिपले पायो ।

खासगरी अमेरिकी मोडेल कोको अस्टिनको बिकिनी फोटो नै ग्रेबको हो भन्दै थुप्रै संचारमाध्यममा समाचार बनाइए । यसको खण्डन त उनले गरिनन् । तर त्यो तस्वीरले धेरैलाई भ्रममा पार्‍यो । उनलाई सामाजिक सञ्जालमा पोर्नस्टार कै रुपमा चित्रण पनि गरियो । यो हदसम्मको गसिपले उनलाई निक्कै कठिन बनाएको थियो । यसमा उनले सामाजिक सञ्जालको दूरुपयोग हुँदा यस्ता अवस्था आउने बताइन ।

बेलायती प्रधानमन्त्री टेरेसा मे पनि लामो समय विवादमै रहिन । उनी ब्रेक्जिट नीतिका कारण मात्रै विवादमा रहिनन् । त्यसमा पनि उनको नाम एक पोर्नस्टारसँग जोडिए । जसले मेलाई निक्कै तनाव दियो ।

टेरेसा नामकी एक पोर्नस्टार छिन् । उनै टेरेसालाई ट्वीटरमा धेरैले बेलायती प्रधानमन्त्रीकै रुपमा बधाइ तथा शुभकामना दिइएको थियो । सामाजिक सञ्जालमा आएको शुभकामनाले पोर्नस्टार टेरेसालाई अचम्भित तुल्यायो भने वास्तविक प्रधानमन्त्री टेरेसा मेलाई भने निक्कै तनाब दियो ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  १ : १४ बजे

सरकारसँगको प्रतिबद्धतापछि रुसी सेनामा कार्यरत नेपाली परिवारको अनसन स्थगित 

काठमाडौं– रुसी सेनामा रहेका आफन्त फिर्ता ल्याइदेऊ भन्दै आमरण अनसन

महिलाको लगानीमा सरफ उद्योग सञ्चालन

तनहुँ– तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ

रेशमको मुद्दा न्यायाधीशद्वय अब्दुल अजीज र ढुङ्गानाको इजलासमा

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले दायर गरेको

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी

जानकी– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँचचौकी (आईसीपी)

माधव नेपालले बोलाए संसदीय दलको बैठक

काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक