सुन्दरी भिआईपी महिला नेतृलाई यौनकर्मीसँग दाँज्दै गसिप ! « Khabarhub

सुन्दरी भिआईपी महिला नेतृलाई यौनकर्मीसँग दाँज्दै गसिप !


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय कलाकार तथा नेताहरुको विभिन्न गसिप बन्ने गरेका छन् । नेताहरुको ट्रोल र कलाकारको गसिप बन्नु नौलो कुरा त हैन । तर अहिले नेतृहरुको गसिपको कुराले सामाजिक सञ्जाल तातेको छ । विभिन्न कारणले चर्चामा आउने नेतृहरुको यौन जीवन जोडेर तयार पारिएका यस्ता गसिपले उनीहरुको करियरलाई नै धक्का दिने विश्लेषण गरिएको छ ।

केन्यामा हालै एक महिला सांसद फातुमा गेडी अलीलाई अर्का पुरुष सांसदले थप्पड हानेपछि फातुमाको रगताम्मे मुखसहितको तस्वीर सामाजिक सञ्जालमा निक्कै भाइरल बन्यो ।

फातुमा यसअघि पनि विवादमा धेरै आउने नेतृ हुन । उनको यौन जीवनसँग जोडिएको समाचार बाहिर आएपछि भने उनी निक्कै संकटमा परिन । फातुमाको सेक्स टेप सार्वजनिक भएको हल्ला निक्कै फैलियो । कानून व्यवसायमा सक्रिय उनी आफ्नै सहकर्मीसँग सम्बन्ध राखेको भन्दै केन्या र बाहिर पनि सामाजिक सञ्जालमा फैलियो ।

उनको चर्चा यतिसम्म भयो कि, उनको वास्तविक अनुहार र उक्त ‘बेड सिन’को तस्बिर जोडेर सामाजिक संजालमा व्यापक चर्चा गरियो । यथार्थमा फातुमासँग अनुहार मिल्ने सम्सो सिगो वालन नामकी यौनकर्मीको तस्वीर राखेर यस्तो गसिप तयार भएको थियो ।

यस्तै गत वर्ष रुसमा भएको विश्वकप फुटबल चलिरहँदा एक भीभीआईपी अचानक अनौपचारिक भ्रमणकै रुपमा खेलमैदानको प्यारापिटमा देखापरेको समाचारले विश्वभर महत्व पायो ।उनी क्रोएसियाली राष्ट्रपति किलिन्दा ग्रेब थिइन । ४७ वर्षीया ग्रेबले आफ्नो टीमका खेलाडीलाई अंकमाल गर्दै उत्कृष्ठ प्रदर्शन गर्न हौसला पनि दिइन । उनको अनौपचारिक शैलीको पनि चर्चा त भयो तर त्यो भन्दा बढी चर्चा उनलाई अमेरिकी मोडेलसँग जोडेर बनाइएको गसिपले पायो ।

खासगरी अमेरिकी मोडेल कोको अस्टिनको बिकिनी फोटो नै ग्रेबको हो भन्दै थुप्रै संचारमाध्यममा समाचार बनाइए । यसको खण्डन त उनले गरिनन् । तर त्यो तस्वीरले धेरैलाई भ्रममा पार्‍यो । उनलाई सामाजिक सञ्जालमा पोर्नस्टार कै रुपमा चित्रण पनि गरियो । यो हदसम्मको गसिपले उनलाई निक्कै कठिन बनाएको थियो । यसमा उनले सामाजिक सञ्जालको दूरुपयोग हुँदा यस्ता अवस्था आउने बताइन ।

बेलायती प्रधानमन्त्री टेरेसा मे पनि लामो समय विवादमै रहिन । उनी ब्रेक्जिट नीतिका कारण मात्रै विवादमा रहिनन् । त्यसमा पनि उनको नाम एक पोर्नस्टारसँग जोडिए । जसले मेलाई निक्कै तनाव दियो ।

टेरेसा नामकी एक पोर्नस्टार छिन् । उनै टेरेसालाई ट्वीटरमा धेरैले बेलायती प्रधानमन्त्रीकै रुपमा बधाइ तथा शुभकामना दिइएको थियो । सामाजिक सञ्जालमा आएको शुभकामनाले पोर्नस्टार टेरेसालाई अचम्भित तुल्यायो भने वास्तविक प्रधानमन्त्री टेरेसा मेलाई भने निक्कै तनाब दियो ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  १ : १४ बजे

दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी

बेरुत- इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न सहर तथा क्षेत्रमा बुधबार पनि

अन्तरदेशीय अपराधविरुद्ध छिटो र बलियो सहकार्य गर्न नेपालको जोड

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले नेपालले बढ्दो अन्तरदेशीय अपराध नियन्त्रणका

गुल्मीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट घाइते भएकी एक

इरानमा बन्धक उद्धारका क्रममा सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु

एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिणपूर्वी

प्रस्तावित राजदूत सुनारले भने- १३ वर्षअघि प्रेम थियो, हिंसा गरेको छैन, नाम फिर्ता लिन्न

काठमाडौं– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि