कोपा अमेरिकामा आज अर्जेन्टिना र कोलम्बिया भिड्दै, मेस्सीलाई कमव्याकको अवसर « Khabarhub

कोपा अमेरिकामा आज अर्जेन्टिना र कोलम्बिया भिड्दै, मेस्सीलाई कमव्याकको अवसर


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-ब्राजिलमा जारी ४६औं संस्करणको कोपा अमेरिका फुटबलको दोस्रो दिन ब्राजिलको स्थानीय समयअनुसार आज राति दुई खेल हुँदैछन् । जसमा समूह ‘ए’बाट भेनेज्वेला र पेरु भिड्दा समूह ‘बी’बाट अर्जेन्टिना र कोलम्बियाको भिडन्त हुनेछ । पहिलो खेल नेपालको स्थानीय समयअनुसार भने राति १२ :४५ बजेबाट शुरु हुनेछ ।

दोस्रो खेल नेपालको स्थानीय समयअनुसार आइतबार बिहान ३ : ४५ बजेबाट शुरु हुनेछ । अर्जेन्टिनाको टिममा मेस्सीसँग सर्जियो अगुइरो, पाउलो डिबाला, एन्जल डि मारियालगायत प्रमुख खेलाडी हुनेछन् भने कोलम्यिबाको टिममा हामेस रोड्रिग्वेज, फाल्काओ, जुआन काउडराडो, येरी मिनालगायत खेलाडी हुनेछन् ।

यसपटक मेस्सीको टिम अर्जेन्टिनालाई उपाधि दौडमा प्रमुख दाबेदारमध्येको एक मानिएको छ । मेस्सी सन् २०१८ मा रसियामा भएको विश्वकप फुटबलपछि पहिलोपटक अफिसियल प्रतियोगितामा राष्ट्रिय टिमबाट खेल्दैछन् । त्यसैले पनि आजको खेलमा मेस्सीलाई कमव्याकका रुपमा लिइएको छ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  १ : २० बजे

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर

उराँव समुदायले मनाए सरहुल पर्व

इनरुवा (सुनसरी)- सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका