कम प्रकाशमा फेसबुक चलाउँदै हुनुहुन्छ ? यसरी गर्नुहोस डार्क मोड अन « Khabarhub

कम प्रकाशमा फेसबुक चलाउँदै हुनुहुन्छ ? यसरी गर्नुहोस डार्क मोड अन


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जिङ एपमा डार्क मोड फिचर पनि राखेको छ । यो फिचरले राति अध्याँरोमा तथा कम प्रकाश भएको अवस्थामा मोबाइल फोनको तेजिलो ब्लु लाइट (नीलो प्रकाश) बाट आँखालाई बचाउने छ । यो फिचर आईएसओ तथा एन्ड्रोइड दुवैमा उपलब्ध रहेको छ । फेसबुकले गत वर्ष मेमा भएको एक सम्मेलनमा यो फिचरको परीक्षण भइरहेको संकेत गरेको थियो ।

मून ईमोजी पठाएर एक्टिभेट गर्नुहोस्

डार्क मोड फिचरलाई अन गर्नका लागि युजर अर्थात प्रयोगकर्ताले पछिल्लो भर्सन इन्स्टल गर्नु पर्ने हुन्छ ।
यसपछि कुनै पनि कन्ट्याक्ट (सम्पर्क) मा गएर मून (चन्द्र) ईमोजी पठाएर यो फिचर एक्टिभेट गर्न सकिने छ ।

कसरी प्रयोग गर्ने

  • सबैभन्दा पहिले गुगल प्ले स्टोरमा गएर म्यासेन्जर एपको पछिल्लो भर्सन अपडेट वा इन्स्टल गर्नुहोस् ।
  • यसपछि म्यासेन्जरमा कुनै पनि कन्ट्याक्ट (सम्पर्क) मा जानुहोस् । अनि ईमोजी अप्सनबाट मून (चन्द्र) ईमोजी पठाउनुहोस् ।
  • ईमोजी पठाउँदै गर्दा फोनको माथिल्लो भागबाट चन्द्रमा (मून) झर्दै गरेको देखिने छ । यसका साथै एक पप–अप देखिने छ । जसमा ‘तपाईंले डार्क मोड भेट्टाइसक्नु भएको छ’ लेखिएको हुन्छ ।
  • पप–अप क्लिक गरेसँगै प्रोफाइलको अप्सन खुल्ने छ । जहाँ तपाईंले डार्क मोड फिचरलाई अन गर्नु पर्दछ ।
  • फिचरलाई अन गरेपछि एपको पृष्ठभूमी (ब्याग्राउण्ड)को रंग कालोमा बदलिने छ । यसका साथै आइकोन्सका रङ पनि परिवर्तन हुनेछ ।
  • तपाईं सिधैँ प्रोफाइलमा गएर पनि यसको फिचर अन वा अफ गर्न सक्नु हुनेछ ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ४ : १० बजे

सबैको सहयोग र सहकार्यबाट निर्वाचन सम्पन्न भयो : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हाले सबैको

खाडी देशहरूले थाले सम्भावित आणविक विपत्तिबाट जोगिने तयारी

दुबई- अमेरिका र इजरायलले इरानमाथि युद्ध थोपेरको असर समग्र खाडी

मतदाताको मौन विद्रोह कि विवेकपूर्ण छनोट ?

नेपालको लोकतान्त्रिक अभ्यासमा निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्राविधिक प्रक्रिया

रविमाथिका गम्भीर अपराधका मुद्दा फिर्ताविरुद्धको रिटमा आदेश आउँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका मुद्दा फिर्ता

इरानमाथि आक्रमण गर्दा अमेरिकालाई क्षति, ७ सैनिकको मृत्यु, १४० जना घाइते

तेहरान- अमेरिका र इजरायलले इरानमाथि युद्ध थोपरेको बुधबार १२औँ दिनमा