सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जिङ एपमा डार्क मोड फिचर पनि राखेको छ । यो फिचरले राति अध्याँरोमा तथा कम प्रकाश भएको अवस्थामा मोबाइल फोनको तेजिलो ब्लु लाइट (नीलो प्रकाश) बाट आँखालाई बचाउने छ । यो फिचर आईएसओ तथा एन्ड्रोइड दुवैमा उपलब्ध रहेको छ । फेसबुकले गत वर्ष मेमा भएको एक सम्मेलनमा यो फिचरको परीक्षण भइरहेको संकेत गरेको थियो ।
मून ईमोजी पठाएर एक्टिभेट गर्नुहोस्
डार्क मोड फिचरलाई अन गर्नका लागि युजर अर्थात प्रयोगकर्ताले पछिल्लो भर्सन इन्स्टल गर्नु पर्ने हुन्छ ।
यसपछि कुनै पनि कन्ट्याक्ट (सम्पर्क) मा गएर मून (चन्द्र) ईमोजी पठाएर यो फिचर एक्टिभेट गर्न सकिने छ ।
कसरी प्रयोग गर्ने
- सबैभन्दा पहिले गुगल प्ले स्टोरमा गएर म्यासेन्जर एपको पछिल्लो भर्सन अपडेट वा इन्स्टल गर्नुहोस् ।
- यसपछि म्यासेन्जरमा कुनै पनि कन्ट्याक्ट (सम्पर्क) मा जानुहोस् । अनि ईमोजी अप्सनबाट मून (चन्द्र) ईमोजी पठाउनुहोस् ।
- ईमोजी पठाउँदै गर्दा फोनको माथिल्लो भागबाट चन्द्रमा (मून) झर्दै गरेको देखिने छ । यसका साथै एक पप–अप देखिने छ । जसमा ‘तपाईंले डार्क मोड भेट्टाइसक्नु भएको छ’ लेखिएको हुन्छ ।
- पप–अप क्लिक गरेसँगै प्रोफाइलको अप्सन खुल्ने छ । जहाँ तपाईंले डार्क मोड फिचरलाई अन गर्नु पर्दछ ।
- फिचरलाई अन गरेपछि एपको पृष्ठभूमी (ब्याग्राउण्ड)को रंग कालोमा बदलिने छ । यसका साथै आइकोन्सका रङ पनि परिवर्तन हुनेछ ।
- तपाईं सिधैँ प्रोफाइलमा गएर पनि यसको फिचर अन वा अफ गर्न सक्नु हुनेछ ।
प्रतिक्रिया