नागरिक समाजले गरे सरकारको ‘लोकतन्त्रविरोधी कदम’को विरोध (फोटोफिचर) « Khabarhub

नागरिक समाजले गरे सरकारको ‘लोकतन्त्रविरोधी कदम’को विरोध (फोटोफिचर)


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोकतन्त्रका लागि नागरिक खबरदारी अभियानले सरकारका अलोकतान्त्रिक क्रियाकलापप्रति खबरदारी गरेको छ । मानवअधिकारकर्मी, नागरिक समाजलगायतले शनिबार बिहान माईतीघर मण्डलामा भेला भई संविधान पालनका लागि सरकारलाई खबरदारी गरेका हुन् ।

लोकतन्त्रका लागि नागरिक खबरदारी अभियानमा सहभागीहरुले नागरिक स्वतन्त्रताको सम्मान, सुशासनको प्रत्याभुति, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर्न, मानवअधिकार आयोग माथिको हस्तक्षेप बन्द गर्न तथा न्यायलयको स्वतन्त्रता कायम गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनीहरुले अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेप, समाजिक सञ्जाल विरोधी विधेयक, नागरिक स्वतन्त्रता विरोधी राहदानी विधेयकको विरोध गर्दै राष्ट्रिय सुरक्षा परिषद्को क्षेत्राधिकारको सम्मान गर्न सरकारलाई सचेत गराए ।

 

अभियानमा सहभागीले विश्वविद्यालयलगायत प्राज्ञिक संस्थाहरुको स्वतन्त्रताको सम्मान गर्न, सांस्कृतिक सम्पदामाथिको हस्तक्षेप बन्द गर्न तथा पीडितको न्याय सुनिश्चित गरी दण्डहिनताको अन्त्य गर्नुपर्नेमा सरकारलाई खबरदारी गरे ।

सरकारले संविधान विपरित मानवअधिकार आयोगसम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयकलगायतका विधेयकहरु ल्याउने काम गरेको भन्दै अधिकारकर्मी, संचारकर्मी तथा नागरिक समाजले विरोध गर्दे आएका छन् ।

सरकारका कदमहरु संविधान विपरित भएको भन्दै संविधानको पालना तथा नागरिक स्वतन्त्रताको माग गर्दै अभियानले माईतीघर मण्डलामा निरन्तर खबरदारी गर्दै आएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ५ : ३९ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता